२ बैशाख २०८२, मंगलबार | April 15, 2025

एभरेष्ट बैंकको २ अर्बले नाफा बढ्यो



काठमाडौं। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा एभरेष्ट बैंकले खुद नाफा बढेको छ ।

बैंकले २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ कमाएको हो । अघिल्लो वर्षको यसैअवधिको तुलनामा यसअवधिमा नाफा २१.११ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेसँगै यसको खुद नाफा बढेको हो । खुद ब्याज आम्दानी १९.११ प्रतिशतले बढेर ४ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । यता, सञ्चालन आम्दानी पनि २६.९७ प्रतिशतले बढेर ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

गत वर्ष ४३ करोड २३ लाख रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ३४ करोड ९५ लाख ९८ हजारु रुपैयाँ आएको छ । आरओई १४.५५ प्रतिशत छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा छ । चुक्ता पुँजी १२ अर्ब ९४ करोड रुपैयाँ छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : ५२ बजे

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख

पर्यटकीय गन्तव्य बन्दै बन्दीपुर, एकै वर्ष दुई लाखले गरे भ्रमण

बन्दीपुर । विक्रम संवत् २०८१ मा दुई लाख पर्यटकले बन्दीपुर

वर्षको पहिलो कारोबारी दिन नेप्सेमा हरियाली, २७ अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव १४