२३ चैत्र २०८१, शनिबार | April 5, 2025

‘मानवसेवाभन्दा ठूलो धर्म अरू हुनसक्दैन’



लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानवसेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताएका छन ।

बेँसीसहर नगरपालिका-७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उनले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको बताए । “धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो”, सरकारको प्रवक्ता मन्त्री गुरुङले भने, “समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।”

उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गरे । उनले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिए । “प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ”, मन्त्री गुरुङको भनाइ थियो ।

कार्यक्रममा एनसेलका प्रतिनिधि डिल्लिराम श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो संस्थाले आश्रमको भवन निर्माणको लागि रु १० लाख सहयोग गरेको बताए । उनले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणलगायत क्षेत्रमा हालसम्म रु दुई अर्बभन्दा बढी सहयोग गरेको बताए ।

आश्रमकी संयोजक अनिता अधिकारीले चन्दादाता, विभिन्न सङ्घसंस्था, स्थानीय र प्रदेश सरकारको आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भइरहेको बताइन । आश्रममा हाल २४ जना रहेका उनले जानकारी दिइन ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ७ : ११ बजे

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

रवि लामिछानेलाई आज भैरहवा ल्याइँदै

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज

आईपीएल : मुम्बई माथि लखनउको १२ रनको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स माथि लखनउ

नेपाल बारमा आज निर्वाचन, अध्यक्षमा मिश्र र श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा

काठमाडौं । नेपाल बार एशोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको अध्यक्षका