२८ मंसिर २०८२, आइतबार | December 14, 2025

रुपन्देहीको तिलोत्तमामा हुन लागेको श्रीमद भागवत ज्ञान-विज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा



बुटवल । आश्रयविहीनहरुलाई आश्रय दिँदै आएको मानव सेवा आश्रमको भवन निर्माणार्थ रुपन्देहीको तिलोत्तमामा सोमबारदेखि आयोजना गर्न लागेको श्रीमद भागवत ज्ञान-विज्ञान महायज्ञको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । तिलोत्तमा-५ मणिग्राम (प्रदर्शनी हुने स्थान/सब्जी मण्डी नजिकै) माघ १४ गतेसम्म हुने महायज्ञको तयारी अन्तिम चरणमा पुगेको मानव सेवाआश्रमले जनाएको छ ।

तिलोत्तमा-६ पश्चिम पहुनीमा निर्माणाधिन आश्रमको भवनलाई पूर्णता दिनका लागि आयोजना गरिएको महायज्ञमा ३ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य राखिएको मानव सेवा अश्रमका महासचिव शुसिला के.सी.ले जानकारी गराइन । भवनमा सडक आश्रित मानवको उद्धार गरेर राख्ने मात्र नभई मानव सेवा बुझाउने मानवता अध्ययन केन्द्रको स्थापना गरिने मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताए । सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहने र सबै धर्म तथा परम्पराका पण्डित, गुरुहरूको सामूहिक उपस्थिति, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, नाटक, झाँकी प्रदर्शन लगायतका कार्यक्रमहरू रहने अधिकारीले बताए । महायज्ञमा बिहान हरेक दिन ५ बजेदेखि ७ बजेसम्म योग समेत सञ्चालन गरिने उनले जानकारी दिए ।

महायज्ञ सफल बनाउन संस्थाका अभिभावक लोकनाथ भुसालको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञ सम्पन्न गर्न ३५ लाख बढी खर्च अनुमान गरिएको छ । आयोजक समितिका अनुसार ५०० देखि १ करोडसम्मको योगदान गर्नेलाई सम्मान गरिने छ । १ करोडको योगदान गर्नेको मानवसेवा आश्रमको कम्पाउण्डभित्र निर्माण हुने कुनैपनि ब्लकको नामकरणसहित दाताको अर्धकदको शालिक निर्माण गरिने बताइएको छ । ५१ लाख ५१ हजारसम्म योगदान गर्नेलाई आश्रमको सभाकक्ष निर्माण गरी सोही कक्षमा शिलालेख गरिने छ भने ३१ लाखसम्म योगदान गर्नेको आश्रमको भान्सा र भोजन कक्षको नामकरण गरी सोही कक्षमा शिलालेख राखिने छ ।

निर्माणाधिन आश्रमको भवनमा हालसम्म ५ करोड बढी खर्च भइसकेको र यसलाई सम्पन्न गर्नका लागि थप २ करोड लागत अनुमान गरिएको संयोजक भुसालले जानकारी दिए । महायज्ञबाट संकलित रकमबाट अक्षकोष वृद्धि गर्ने लक्ष्य समेत राखिएको छ । हालसम्म आश्रमको केन्द्रीय अक्षकोषमा ५ करोड रकम जम्मा भएको छ भने रुपन्देहीमा ३५ लाख रुपैयाँ पुगेको छ । ०६९ सालमा स्थापना भएको आश्रमले हालसम्म देशभरका १० हजार ६ सय ८९ जना भन्दा बढी सहयोगाक्षेपी सडक मानवको उद्धार गरी व्यवस्थापन गराइसकेको छ । आश्रमले सातवटै प्रदेशमा गरी २० जिल्लामा २४ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ ।

यसैगरी ४ हजार बढीलाई परिवारसँग पुनःमिलन गराइएको र त्यसमध्ये १ हजार बढी भारतीय नागरिक रहेको अध्यक्ष रामजी ज्ञवालीले जानकारी दिए । आश्रमले भारतमा समेत शाखा बिस्तार गर्ने योजनामा रहेको उनले जानकारी दिए । मानव सेवा आश्रमले ०८२ सालभित्र नेपाललाई सडक आश्रित मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारी रहेको संस्थाकी लुम्बिनी प्रदेश प्रमुख सरु अधिकारीले जानकारी दिइन् । उक्त अवधिसम्म देशभर खुला आकाशमुनी रात बिताउन बाध्य बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापन गरिने अधिकारीले बताइन् । कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा-६ का वडा अध्यक्ष गणेश पाठकले मानवसेवाको महाअभियान लिएर अगाडि बढेको आश्रमलाई सबैको सहयोगका लागि आह्वान गरे ।

प्रकाशित मिति : ५ माघ २०८१, शनिबार  ६ : ०६ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई