काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटी लिइ रिहा गर्न आदेश दिएको हो ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम ठगी गरेको अभियोगमा लामिछानेलाई प्रहरीले गत आइतबार हिरासतमा लिएको थियो ।
त्यसअघि लामिछाने ८४ दिन हिरासतमा बसेर जिल्ला अदालत कास्कीमा ६५ लाख धरौटी तिरेर गत बिहीबार रिहा भएका थिए ।
लामिछानेमाथि कास्कीमा सूर्यदर्शन सहकारीको रकम ठगी, संगठित अपराध र सम्पति शुद्धिकरणको अभियोग लगाइएको थियो । सोही अभियोगमा लामिछानेलाई गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालय वनस्थलीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया