२ माघ २०८१, बुधबार | January 15, 2025

अर्थसहित चारवटा समितिको बैठक बस्दै



काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ११ देखि १ बजेको बीचमा सिंहदरबारमा बस्नेछन् ।

अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा सुदूरपश्चिम, मधेश र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरुको प्रतिवेदन पेस र छलफल गर्ने कार्यक्रम छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयनको स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन, २०८० को सार्वजनिकीकरण र छलफल गर्ने कार्यसूची छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ८ : ३० बजे

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै

विपक्षी दलले भोलि पत्रकार सम्मेलन गर्ने

काठमाडौं। संघीय संसदका विपक्षी ६ दलहरूले भोलि पत्रकार सम्मेलन गर्ने

रवि लामिछानेको थुनछेक बहस जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा थुनछेक

सत्तरी वर्षमाथिका खोटाङका पत्रकारलाई पेन्सनको व्यवस्था हुँदै

खोटाङ । नेपाल पत्रकार महासङ्घ खोटाङ शाखाले ७० वर्षमाथिका पत्रकारलाई

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं। नेपाली बजारमा आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको