१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

काठमाडौंमा खानेपानीको नयाँ पाइपलाइनको परीक्षण सम्पन्न



काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी वितरणका लागि बिछ्याइएका नयाँ पाइपलाइनको परीक्षण पूरा भएको छ ।

मेलम्चीको पानी पुनः वितरण सुरु भएसँगै आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले पाइपलाइनको परीक्षण सुरु गरेको थियो ।

मेलम्ची उपआयोजना–२ अन्तर्गत विच्छ्याइएका कूल ३३ वटा खानेपानी वितरण सञ्जालका नौ सय ८० किलोमिटर पाइपलाइनको परीक्षण सम्पन्न भएको निर्देशनालयका प्रमुख टीकाबहादुर चौधरीले जानकारी दिए ।

परीक्षण सम्पन्न भएका थप ३३ मध्ये १४ वटा खानेपानी वितरण सञ्जालको स्वामित्व काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई स्वामित्व हस्तान्तरण भइसकेकामा अब बाँकी १९ वटाको हस्तान्तरण प्रक्रिया अगाडि बढाइएको निर्देशनालयका का उप–निर्देशक चन्द्रकुमारपाँ श्रेष्ठले बताए ।

उनले भने, “कूल ३३ वटा खानेपानी वितरण सञ्जालमा यसअघि पहिलो चरणमा चार र दोस्रो चरणमा दस गरी १४ वटा खानेपानी वितरण सञ्जालका तीनसय ५० किलोमिटर पाइलाइनको परीक्षण गरी बोर्डलाई हस्तान्तरण भइसकेको छ । तेस्रो चरणका बाँकी १९ वटा हस्तान्तरण प्रक्रिया अगाडि बढेको छ ।”

खानेपानी वितरण सञ्जालका प्राइमरी पाइपलाइन, ३३ वटा खानेपानी वितरण सञ्जालमा कूल एक हजार दस किलोमिटर पाइपलाइन रहेको जनाइएको छ । सञ्जालबाट खानेपानी वितरण हुँदै आएका पाइपलाइनमा हालसम्म ६० हजार आठसय ३१ वटा नयाँ मिटर समेत जडान गरिसकिएको जनाइएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १ : ०६ बजे

नमोबुद्धमा पर्यटक सूचना केन्द्र स्थापना

काभ्रेपलाञ्चोक । धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध