८ बैशाख २०८२, सोमबार | April 22, 2025

सकारात्मक सोंचनै सफलताको मार्ग होः मुख्यमन्त्री आचार्य



भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताएका छन । लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताए ।

‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस । दृढ संकल्प लिनुस सफलता प्राप्त सहजै हुन्छ,’ उनले भने,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुदैन । तर, निरन्तर लागेपछी अवस्य सुखद परिणाम प्राप्त हुन्छ ।’

युवाहरुलाई स्वदेशमा उद्यमशिलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउदै उनले अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गरे । ‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशिलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ,’,उनले भने, ‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’

उनले प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गरे ।‘ विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षीत गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यन्त्री आचार्यको छ । उनले आफ्नो संघर्षशिल जीवनको बारेमा समेत युवाहरु माझ प्रकाश पारे । उनले शिक्षालाई अघि बढाउदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासंग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्दाको स्मरण समेत गरे । ‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोग संग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु,’ उनले भने ,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् । जीवनसंग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ६ : ०३ बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट