२५ पुस २०८१, बिहिबार | January 9, 2025

बुटवलको ३ स्थानमा राखिएको ट्राफिक लाइट आजदेखि संचालन (भिडियोसहित)



बुटवल । बुटवल उपमहानगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान गरिएको छ । बुटवल उपमहानगरपालिका वडा नम्बर ६ ट्राफिक चोकमा विहिबार जडान गरिएको ट्राफिक लाइटको विधिपुर्वक स्वीच अन गरी शुभारम्भ गरिएको छ । बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डेले ल्यापटप प्रणालीमा जडान गरिएको ट्राफिक लाईट सफ्टवेयर थिचेर ट्राफिक लाईट शुभारम्भ गरेका हुन ।

चालु आर्थिक बर्षमा बुटवल उपमहानरपालिकाले बुटवलका ४ स्थानमा ट्राफिक लाइट जडान गर्ने गरी काम शुभारम्भ गरेको थियो । सोही योजना अनुसार बुटवलको ट्राफिक चोक र कालिका नगरमा लाइट जडान गरी सकिएपछि शुभारम्भ गरिएको छ भने मिलनचोकमा सडक विस्तार काम जारी रहेको कारण केही दिनमा नै लाइट शुभारम्भ हुने छ ।

यस्तै गोलपार्कमा पनि लाइट जडान सकिएपछि सञ्चालन हुने नगर प्रमुख पाण्डेयले बताए । ट्राफिक लाइट शुभारम्भ कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको बढ्दो ट्राफीक जामको समस्या समाधानको लागि यो लाइट सहयोगी निकाय हुने जानकारी दिए । लाइटसंगै राखीएको सिसी क्यामेराको कन्ट्रोल समेत हुने भएको कारण यसबाट दुर्घटना न्युनिकरण हुने समेत अपेक्षा गरिएको उनले जानकारी दिए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको सहकार्यमा उक्त सीसि टीभीको मोनिटरिङ्ग गरिने गरी योजना समेत बनाइएको छ । कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख, प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीले दुर्घटना न्युनिकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भुमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए । बुटवलको कालिका चोकमा बिगतमा धेरै दुर्घटनाहरू भएको भन्दै उनले ट्राफिक लाइट जडान पछि दुर्घटनामा कमि आउने विश्वास व्यक्त गरे ।

उपमहानगगरपालिकाको वार्षिक योजना अनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पोज प्रालि काठमाडौंसँग ठेक्का सम्झौता भए बमोजिम लाईट जडान गरिएको हो । बुटवल उपमहानगरपालिकाले बजारको सुरक्षाका लागि करिब ५२ लाखको लगानीमा बुटवलको वडा नं ४,५,६,९ को बसपार्क क्षेत्रमा १२५ सिसिटिभि क्यामेरा जडान गरिसकेको छ । उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगिश्वर पोखरेलका अनुसार दुर्घटना न्युनिकरण संगै अटो सेन्सर सहितको ट्राफिक लाईट जडान हुने भएको कारण यसले दुर्घटना पछि हुने संभावित भवितव्यलाई समेत पहिचान गर्नको लागि सहयोग गर्ने छ ।

ट्राफिक लाईट शुभारम्भ कार्यक्रकमा बुटवल उपमहानरपालिका उप प्रमुख सावित्रा देवी अर्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल सहित वडा अध्यक्ष नरिश्वर शर्मा पौडेल, लोकनाथ न्यौपाने, हरि श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

भिडियोसहित

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : ३१ बजे

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ

अध्यक्षद्वय प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

८४ दिनपछि रवि लामिछाने थुनामुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने थुनामुक्त

काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने

काठमाडौं । उच्च अदालत पाटनमा प्रकाशनगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले