रौतहट । चालकको लापरबाहीका कारण रौतहटस्थित ११ हजार भेल्टेजको हाई टेन्सन तारबाट करेन्ट लागेर मालवाहक टिपरमा आगो भई पुर्ण रुपमा क्षती भएको छ। टिपर चालक गम्भीर घाईते भएका छन् ।
विहिवार विहान ८ बजेको जिल्लाको पूर्विभेग वृन्दावन नगरपालिका-४ स्थित क्रशर उद्योगमा लु १ त २८४९ नम्वरको टिपर बालुवा झार्ने क्रममा ११ हजार भोल्ट भएको तारबाट करेन्ट लागेर टिपरमा आगलागी हुँदा पूर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
टिपरका चालक जयप्रकाश सहनी करेन्ट लागेर गम्भीर घाईते भएका छन् । उनको गरुडा स्थित एउटा निजी अस्पतालमा उपचार भैरहेको तथा अवस्था खतरामुक्त रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन् ।
डिएसपी कार्कीका अनुसार टिपरबाट बालुवा झार्न माथी उठाएको ट्रली तल नझारी फर्काउने क्रममा माथिको हाइटेन्सन तारमा छोएर दुर्घटना भएको थियो ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय, गरुडाले जनाएको छ ।
प्रतिक्रिया