९ बैशाख २०८२, मंगलबार | April 22, 2025

बागलुङको काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन



बागलुङ । काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको तुलनामा करिब रु दुई करोडले बढी हो । गत वर्ष यहाँका किसानले रु तीन करोड ५० लाख बराबरको सुन्तला बिक्री गरेको उनको भनाइ छ ।

यस वडामा मात्रै झण्डै ३० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको उनले जानकारी दिए । कँडेल यस वर्ष नौ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताउँछन् । सुन्तलामा कुनै पनि रोग नलाग्दा राम्रो उत्पादन बढेको र पालिकाले किसानलाई प्रोत्साहन गर्न प्राविधिक सहयोग र तालिम समेत दिँदै आएको उनको भनाइ छ ।

उनले भने, “काठेखोला–६ मा सुन्तला उत्पादन राम्रो छ, वडा–४ र ७ को केही क्षेत्रमा पनि सुन्तलाखेती भइरहेको छ, किसानलाई प्रोत्साहनका लागि समय–समयमा तालिम दिने गरेका छौँ, ढुसीजन्य रोगबाट बचाउन नीलोतुथोदेखि प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएका छौँ ।” उहाँले यस वर्ष पनि सुन्तलाखेतीको क्षेत्र विस्तार गर्ने कार्यक्रम रहेको बताए ।

गाउँपालिकाले गत वर्ष किसानलाई पाँच हजार पाँच सय सुन्तलाका विरुवा र तीन हजार कागतीका बिरुवा वितरण गरेको थियो । काठेखोला–६ का किसान लोकनाथ कँडेलले यस वर्ष रु १२ लाख ५० हजारको सुन्तला बेचिसकेको जानकारी दिँदै रु एक लाखको बिक्री गर्न बाँकी रहेको बताए। आफ्नो बगैँचामा तीन सय बोट सुन्तला रहेको र यस वर्ष दुई सय १० बोटले फल दिएको उनको भनाइ छ ।

“हरेक वर्ष सुन्तला उत्पादन बढ्दै गएको छ, नयाँ बोटले पनि फल दिन थालेका छन्, किसानले सुन्तला बगैँचा व्यवस्थापनमा पनि ध्यान दिन थालेपछि राम्रो फल्न थालेको छ”, कँडेलले भने, “मेरो बगैँचामा नयाँ ९० बोट सुन्तला छन्, अर्को वर्षदेखि फल दिन्छन्, सुन्तलाखेतीबाट आम्दानी राम्रो छ, पहिले कोदो मकै फल्ने ठाउँमा अहिले सुन्तला फलाउँछौँ ।”

किसान देवीलाल कँडेलले अघिल्लो वर्ष रु तीन लाखको सुन्तला बिक्री गरेको उल्लेख गर्दै अहिले रु चार लाखभन्दा बढीमा बिक्री भएको बताए। व्यापारी बगैँचामै आएर सुन्तला खरिद गर्ने भएकाले बजारीकरणको समस्या नभएको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ९ : ५३ बजे

मर्स्याङ्दी जलविद्युतबाट प्रभावित उन्नाइस परिवालाई मुआब्जा वितरण

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रबाट प्रभावित

खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ

भारतीय विद्युतमन्त्री मनोहरलाल खट्टर आज नेपाल आउँदै

काठमाडौं । भारतका विद्युत, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

कक्षा १२ को परीक्षाबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ ।

जुम्लामा आजदेखि हिमाली संवाद हुँदै

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली