२५ पुस २०८१, बिहिबार | January 9, 2025

भूकम्पको पीडामा चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताका साथमा छौँ : माओवादी



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्यी काउन्टी केन्द्रबिन्दु रहेको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज वक्तव्य जारी गरी यस दुःखको घडीमा आफ्नो पार्टी चिनियाँ कम्युनिष्ट पार्टी, चीन सरकार र चिनियाँ जनाताको साथमा रहेको उल्लेख गरेका छन् ।

माओवादीले भूकम्पमा परी मृत्यु भएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । माओवादीले भूकम्पमा परेका नागरिकको खोज तथा उद्धार र पुनःस्थापनाका प्रयासमा सफलता मिलोस् भनी शुभेच्छा व्यक्त गरेको छ ।

नेपालमा पनि भूकम्पको धक्का महसुस गरिए पनि मानवीय क्षति नभएको जानकारी प्राप्त भएको उल्लेख गर्दै माओवादीले पराकम्प आउनसक्ने भएकाले चनाखो र सतर्क रहन सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ९ : ४७ बजे

सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव पक्राउ

विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव

आगलागीमा परी एक जनाको मृत्यु

सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको

डल्ले च्याउको मूल्य बढ्दा सिताके च्याउको मूल्य आधाभन्दा बढीले घट्यो

काठमाडौं । सिताके च्याउको मूल्य आधाभन्दा बढीले घटेको छ ।

थ्रेसहोल्ड बढाएर ल्याउन खोजिएको दुई दलीय तानाशाही स्वीकार्य छैन : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले निर्वाचनमा थ्रेसहोल्ड बढाउने