२८ मंसिर २०८२, आइतबार | December 15, 2025

बुटवलमा भेरी ट्रान्सपोर्टको गाडीबाट राजश्व छली भएको लाखौंको इलेक्ट्रिक चुरोट (भेप) बरामद



बुटवल। राजश्व छली गर्दै इलेक्ट्रिक चुरोट (भेप) को कारोबारेहरुले ट्रान्सपोर्टमा बुक गरेर इलेक्ट्रिक चुरोट (भेप)को ढुवानी गर्ने गरेको फेला परेको छ । नेपालगन्ज प्रधान कार्यालय रहेको भेरी ट्रान्सपोर्टले इलेक्ट्रिक चुरोट (भेप)को कारोबार गर्नेहरुको सामान ढुवानी गर्ने गरेको फेला परेको हो ।

काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भेरी टान्सपोर्ट गाडीमा राजस्व छली गरी ल्याइएको ३० लाख रुपैयाँको इलेक्ट्रिक चुरोट (भेप) राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेसँगै राजश्व छलीको सामान ट्रन्सपोर्टबाट ढुवानी हुने गरेको पुष्टी भएको छ ।

चीनबाट ल्याइएको इलेक्ट्रिक चुरोटलाई नेपालगन्ज नाका हुँदै भारतको लैजाने तयारीका साथ ट्रन्सपोर्टमा बुक गरिएको सूचनाको आधारमा, पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवलमा चेकजाँच गर्दा भेरी टान्सपोर्ट नेपालगन्जको ट्रकमा २६ सय पिस भेप फेला परेको राजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ । अनुसन्धान कार्यालय बुटवलका अनुसार, उक्त ट्रकमा २ सय पिसका दरले १३ कार्टुन भेप कार्यालयको टोलीले बरामद गरेको हो ।

भेप ढुवानीमा संलग्न भएको आरोपमा स्याङ्जा, कालिगण्डी गाउँपालिका-५ घर भएका डायमन्ड नेपाल इन्टरनेसनलका प्रतिनिधि रोजन न्यौपाने र बाँके, नेपालगन्जका सनाउल्ह अन्सारीलाई पक्राउ गरिएको अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले जानकारी दिए ।

घिमिरेका अनुसार उनीहरूबाट बिगो बमोजिम ६२ लाख रुपैयाँ धरौटी माग गरिएको छ । ३० लाख रुपैयाँ मूल्य बराबरको भेपको लागि जम्मा १ सय रुपैयाँ मात्र बिल काटिएको थियो । चीनबाट उक्त चुरोट नेपालगन्जस्थित जमुनाहा नाकाबाट भारतमा महँगो मूल्यमा बिक्री गर्ने उद्देश्यले ल्याइएको अनुमान गरिएको छ । राजस्व कार्यालयले यस विषयमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०८१, बुधबार  ३ : १३ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर