१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

सशस्त्रका ४ डिआईजीको १ वर्ष पदावधि थप



काठमाडौं । सरकारले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षक (डीआईजी) हरूको पदावधि एक वर्ष थप गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आजै राति १२ बजेबाट लागु हुनेगरी सशस्त्रका चार डीआईजीहरूको पदावधि थप गर्ने निर्णय गरेको हो ।

यसरी पदावधि थप हुनेहरूमा नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका प्रमुख गणेश ठाडामगर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरा कास्कीका प्रमुख कुलबहादुर नेम्वाङ र राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारमा कार्यरत डीआईजी कमल गिरी रहेका छन् ।

सशस्त्रको मुख्यालयले दुई साता अघि नै उनीहरूको पदावधि थप गर्न सिफारिस गरेको थियो । म्याद नथपिएको भए उनीहरूले आजै मध्यरातिबाट अवकाश प्राप्त गर्ने थिए ।

सशस्त्रको मुख्यालयको सिफारिस गृह मन्त्रालय हुँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेकोमा मंगलबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको पदावधि थप गरेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ को (ग) अनुसार सशस्त्रका डीआईजीको पदावधि चार वर्षको कायम रहेको छ । २२ पुसमा उनीहरू डीआईजी भएको चार वर्ष पूरा हुँदैथियो । सशस्त्र प्रहरी नियमावलीको व्यवस्थाअनुसार उनीहरू अनिवार्य अवकाशमा जान लागेका थिए ।

तर, नियमावलीको दफा ६५ कै (ग)को (२) उपनियममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) को सिफारिसमा नेपाल सरकारले एआईजी र डीआईजी पदावधि चार वर्षपछि एक वर्ष थप्न सक्ने उल्लेख छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  १० : ०१ बजे

दिपक बोहराका पार्थिव शरिर भैरहवा लगिने

काठमाडौं। आज बिहान निधन भएका प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र

शोक प्रस्ताव पारित गरेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक बोहोराको निधनप्रति

आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु

सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७००

काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय

राप्रपा सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा सांसद