२३ चैत्र २०८१, शनिबार | April 5, 2025

चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि



काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६ः५० बजे नेपाल-चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।

भूकम्पको काठमाडौं उपत्यका सहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।

केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स-साना भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २३ पुस २०८१, मंगलबार  ८ : ०६ बजे

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको शिर्ष स्थानमा, उच्च सावधानी अपनाउन आग्रह

काठमाडौं । काठमाडौं उपत्यका पुनः विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष

बिदाका कारण सोमवारसम्म रविलाई प्रहरी हिरासतमै राखिने

भैरहवा । शनिबार र आइतबार सार्बजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र

चैतेदसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ । बागलुङ

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन