काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ । हिजो देखी सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल भइरहेको छ । केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आ आफनो धारणा राख्नेछन् ।
जसअनुसार बैठकमा पेश गरिएको अध्यक्ष राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका बिषयमा पनि उल्लेख गरिएको छ ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफनो धारणा राख्नेछन् । उनीहरूका लागि ३ ३ मिनेटको समय छुटाइएको छ ।
प्रतिक्रिया