२३ पुस २०८१, मंगलबार | January 7, 2025

एमाले केन्द्रीय समितिको बैठक जारी



काठमाडौं । सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक जारी रहेको छ ।

गत पुस १८ गते बसेको सचिवालय बैठकले पारित गरेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथी बैठकमा छलफल हुनेछ ।

बैठक बिहान ११:०० बजेबाट केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरू भएकाे हाे ।

च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले पुस २१ र २२ गते बस्ने भनिएको केन्द्रीय समिति बैठकका अजेन्डा पनि तय गरेको थियो ।

जसअनुसार आजको बैठकमा पेश गरिने राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ ।

साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ-आफनो धारणा राख्नेछन् ।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  १२ : ४४ बजे

माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि

नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि जारी

चीनको दिङ्गे काउन्टीमा सात रेक्टरको भूकम्प गएको पुष्टि

काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात

७ म्याग्निच्यूडको भूकम्प : केन्द्रबिन्दु नेपाल-चीन सीमा

काठमाडौं । मंगलबार बिहान बिहान ६ः५० बजे गएको भूकम्पको केन्द्रबिन्दु

आजको मौसम : पहाडमा हल्का वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय