काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैँछ ।
शनिवार २ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भए पछि आज बस्न लागेको हो ।
बैठक बिहान ८ः०० बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
आज दिउँसो देखी सुरू हुने केन्द्रीय समिति बैठकमा पेश गर्न लागेको ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन टुंग्याउनका लागि सो बैठक बस्दैँछ । बैठकले केन्द्रिय समितिका अजेन्डालाइ पनि अन्तिम रूप दिदैँछ ।
प्रतिक्रिया