२२ पुस २०८१, सोमबार | January 6, 2025

रोटरी क्लब तिनाउ बुटवलको नवौं स्थापना दिवस : आँखा जाँच शिविर सम्पन्न



बुटवल । तिलोत्तमा ३ सिमानगरमा रहेको सगरमाथा आधारभुत विद्यालयमा शुक्रबार आँखा जाँच शिविर कार्यक्रम सम्पन्न भएको छ ।

रोटरी क्लब अफ तिनाउ बुटवलको नवौं स्थापना दिवसका अवसरमा आयोजित आँखा शिविर कार्यक्रममा विद्यालयमा अध्ययनरत शिशु कक्षा देखी ५ सम्मका १७५ जना बालबालिकाको आँखा जाँच गरिएको क्लबका इलेक्ट प्रसीडेण्ट तथा कार्यक्रमका संयोजक उमा आचार्यले जानकारी दिइन ।

शिविरमा रणअम्बिका आँखा अस्पतालका नेत्ररोग बिशेषज्ञ डाक्टर बिनिता भट्टराई र दृष्टि विशेषज्ञ प्रतिक्षा भण्डारी र मन्जु न्यौपानेले बालबालिकाको आखाँ जाँच गरेकी हुन । विद्यालयमा जाँच गरेका बालबालिकाहरुमा आँखाको टेढोपन, आँखा सुख्खाहुने, कतिलाई चस्माको प्रयोग गर्नुपर्ने लगायतको समस्या देखिएको विशेषज्ञ भट्टराईले बताइन । बालबालिकामा ठुलो समस्या केही नदेखिएपनि अभिभावकले उनीहरुको बारेमा विशेष हेरचाह गर्नुपर्ने डाक्टर भट्टराईको सुझाव छ । खासगरि बालबालिकाहरुलाई टिभी मोबाईलबाट टाढै राख्ने, बच्चाको आँखा टेढो भए नभएको ख्याल गर्ने, निरन्तर आँसु आउनु,आँखा चिलाउनु, आँखा रातो हुने, आँखाको सेतो भाग पहेलो हुदै जानु, आखाँमा आलस्यता आउनु, मोतीबिन्दु, जलबिन्दु जस्ता समस्याहरु देखिन सक्ने भएकाले समय समयमा चिकित्सकको सल्लाह लिन र आँखा जाँच गराउनुपर्ने डाक्टर भट्टराईको सुझाव छ ।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कल्याण पौडेलले क्लबले बालबालिकाको संवेदनशिल अंग आँखाको चेकजाचका लागि कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद व्यक्त गरे । अध्यक्ष पौडेलले आगामी दिनमा सामाजिक सेवामा समर्पित क्लबहरुसंग सहकार्य गर्ने बताए । वडामा रहेको सामुदायिक विद्यालयलाई आवश्यक पर्ने सामग्री र पठनपाठनका लागि वडाबाट आवश्यक सहयोग गर्ने बताए ।

क्लबका जिएसआर एजाज आलमले क्लबले गर्ने हरेक गतिविधि उदाहरणीय रहेको बताउँदै क्लब स्थापनाको चुनौति र अहिले क्लबले गरेका कामहरुको स्मरण गरे । उनले सुरुवाती चरणमा विद्यालयमा आएर गरिएको कार्यक्रम र अहिले विद्यालयमा आएर गरिएको कार्यक्रममा निकै भिन्नता रहेको बताए । विद्यालयको भौतिक संरचना र आवश्यक सबै सामग्री उपलब्ध हुनुमा पनि क्लबको योगदान रहेको बताउँदै क्लबले आगामी दिनमा पनि समाजको आवश्यकताका आधारमा कार्यक्रम निर्धारण गर्नुपर्ने बताए ।

क्लबका संस्थापक अध्यक्ष देवी वाग्लले क्लबले स्थापना दिवसको अवसरमा निरन्तर विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाउदै आएको बताइन । पहिल्लो समयमा क्लबहरुको माध्यमबाट महिलाहरुको सामाजिक कार्यमा सक्रियता बढेकोमा खुशी ब्यक्त गर्दै क्लबले आगामी दिनमा उत्कृष्ट कार्यक्रमहरु गर्दै जानुपर्नेमा जोड दिइन ।

रोटरी क्लब अफ सेन्ट्रल बुटवलका प्रेसिडेण्ट इलेक्ट पुरन ज्ञवालीले बुटवलमा रहेका रोटरी क्लबहरु मध्ये रोटरी तिनाउको छुट्टै पहिचान रहेको बताउँदै स्थापना दिवसमा आँखा जाँच शिविर कार्यक्रम आयोजना गरेर पुण्यको काम गरेको बताए ।

विद्यालयका प्रधानाध्यापक घनश्याम घिमिरेले रोटरी तिनाउले विद्यालयमा आएर गरेको सहयोगले विद्यालयको चौतर्फी विकासमा सहयोग पुगेको बताए । उनले शैक्षिक सामग्री, न्यानो कपडा, आँखा शिविर, स्वास्थ्य शिविर जस्ता महत्वपुर्ण कार्यक्रम विद्यालय परिसरमै आएर आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे ।

क्लबका अध्यक्ष रमिला शर्माले क्लब स्थापना दिवसमा फजुल खर्च गर्नुभन्दा सामाजिक कार्य गरेर मनाउनुपर्ने बानीको विकास गर्नु जरुरी रहेकाले शिविरको आयोजना गरिएको बताइन । क्लबले सामाजिक उत्तरदायीत्व अन्र्तगत रहेर विभिन्न स्वास्थ्य शिविर, आँखा जाच, महिला स्वास्थ चेकजाँच, दन्त शिविर, किशोरी सशक्तिकरण, किशोरी उद्यमशिलता लगायतका विभिन्न सामाजिक कार्यक्रमहरु आयोजना गर्दै आएको बताइन ।

२०१७ स्थापना भएदेखि नै यही विद्यालयमा स्थापना दिवस मनाउदै आएको बताउँदै चेकजाचका क्रममा आँखाको समस्या देखिएका बालबालिकाहरुलाई आँखा अस्पताल लगेर थप उपचार गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कार्यक्रममा पुर्व अध्यक्षहरु कल्पना तिवारी, जमुना पौडेल, सेन्ट्रल बुटवलका सचिव मिनराज भारद्धाज लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका अध्यक्ष रमिला शर्माको अध्यक्षता, कार्यक्रम संयोजक उमा आचार्यको स्वागत, क्लबका प्रेसीडेण्ट नोमिनि माया भट्टराईको धन्यवाद र सचिव सपना कार्कीको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ८ : ५३ बजे

३४ इजरायली बन्दीलाई रिहा गर्न हमास तयार

गाजा । हमासले इजरायलका ३४ बन्दी रिहा गर्न सहमत भएको

माओवादी केन्द्रीय समितिको बैठक पुस २४ सम्म लम्बिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २४

महालक्ष्मी खोला-मातातीर्थ सडक आगामी माघ ७ सम्म बन्द

मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने महालक्ष्मी खोला-मातातीर्थ सडक आजदेखि

आज रवि लामिछानेको तर्फबाट थुनछेक बहस हुँदै

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा

जन्म र मृत्यु संस्कारका लागि अनुदानमा चामल

जुम्ला । जुम्लामा जन्म र मृत्यु सस्कारको बेला दिइने ३०