२८ मंसिर २०८२, आइतबार | December 14, 2025

पार्टीमा अनुशासन आवश्यक : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन आवश्यक रहेको बताएका छन ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको ३७ औँ वार्षिक उत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले अनुशासित पार्टीले मात्र मुलुकको लक्ष्य प्राप्ति गर्ने बताए ।

महासचिव पोखरेलले पार्टीमा वैरीहरुले आक्रमण गरिरहेको बेला पार्टीमा एकता आवश्यकता रहेको बताए । उनले यस्तो बेलामा पार्टी निर्णय विरुद्ध जान उचित नहुने बताए ।

महासचिव पोखरेलले कृषिलाई बदल्न नसकेकाले युवा जोडिन नमानेको र पुरानै पुस्ताले धानेको कृषिबाट मुलुकको आर्थिक विकास र समृद्धि पूरा नहुने बताए । “देश बनाउने कुरा गफ गरेर हुँदैन । त्यसको जगमा प्रवेश गर्नुसक्नुपर्दछ”, उनले भने ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले सांस्कृतिक परिवर्तनविना राजनीतिक परिवर्तनले स्थायित्व लिन नसक्ने बताए ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ०२ बजे

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%