२१ पुस २०८१, आइतबार | January 5, 2025

बझाङमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु



बझाङ । गएराति बझाङको तलकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

शुक्रबार राति करिब साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाड दुर्घटना भएको हो । दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको उनको भनाइ छ ।

दुर्घटनामा जीपका चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ का ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ । सूचना अधिकारी ठगुन्नाका अनुसार तीन यात्रुको घटनास्थलमै र आकृतिको उपचारका लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो । आकृति बमबहादुर धामीकी छोरी हुन् ।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५८ बजे

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको

‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको

‘थेसिस’को नतिजा रोकिँदा विद्यार्थी समस्यामा

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटस्थित सिद्धान्त कलेजको वनविज्ञान सङ्कायतर्फको स्नातक

सूर्योदय र सूर्यास्तहुँदाको आनन्द लिन सकिने कोरीडाँडा

गण्डकी । कास्कीको मादी गाउँपालिका-१ स्थित कोरी आँखै अगाडि लमजुङ

सर्वेन्द्र खनालले छाडे एमाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको