१९ पुस २०८१, शुक्रबार | January 4, 2025

नयाँ पार्टी घोषणाको तयारीमा रहेका भीम रावलले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्दैछन् । काठमाडौंको कार्की ब्यांक्वेटमा आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर आगामी नीति, विचार, दृष्टिकोणबारे जानकारी दिन लागिएको रावलले बताएका छन् ।

‘परिवर्तित राजनीतिक परिस्थिति र सम्भावित भविष्यबारे पत्रकार सम्मेलन गर्न लागिएको हो,’ रावलनिकट एकिन्द्र कुँवरले जानकारी दिए ।

रावलले वाम, प्रगतिशील र प्रजातान्त्रिक विचारधाराका व्यक्तिहरू समेटेर नयाँ गैरकम्युनिस्ट पार्टी गठन गर्ने तयारी थालेका छन् । केही दिनअघि उनले नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल, सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीलगायतसँग पनि छलफल गरेका छन् ।

रावल पत्रकार सम्मेलनलगत्तै देश दौडाहामा जाने तयारी पनि गरिरहेका छन् । देश दौडाहामा आफ्ना विचारसँग नजिक रहेकाहरूसँग अन्तरक्रिया गर्ने उनको तयारी छ ।

त्यसपछि पार्टी घोषणा गर्ने कुँवरले जानकारी दिए । गत पुस १० गते बसेको नेकपा (एमाले) सचिवालय बैठकले रावललाई संगठित सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो । उनले एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला २२३ मत ल्याएका रावल निरन्तर ओलीसँग संघर्षमा थिए ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ९ : १३ बजे

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सवको अवसरमा फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा

पार्टीमा अनुशासन आवश्यक : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीमा अनुशासन

सङ्घीय संसद् बैठक बोलाउन आग्रह

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

ल्होसार तथा माघि पर्वको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट राष्ट्रिय महिला मोर्चा तिलोत्तमाले