९ बैशाख २०८२, मंगलबार | April 22, 2025

च्याउको गुणस्तरीय बिउ उत्पादनमा ध्यान दिन कृषि मन्त्रीको आग्रह



काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले अबको ध्यान स्वदेशमै च्याउको गुणस्तरीय बीउ उत्पादनतर्फ हुनुपर्ने बताएका छन्।

च्याउ उत्पादक किसान सङ्घले आज भृकुटीमण्डपमा आयोजना गरेको च्याउ मेला तथा परिकार महोत्सवलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले च्याउको गुणस्तरीय बीउको समस्याका कारण उत्पादक र उत्पादकत्व कम भएको बताए । नेपाली नागरिकमा च्याउ खाने बानी बढेसँगै यसको बजार पनि बढ्दै गएकाले हाल देखिएका चुनौतीको समाधान गर्दै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल च्याउमा आत्मनिर्भर हुँदै गएकाले बिस्तारै निर्याततर्फ लाग्ने गरी काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अधिकारीले यसका लागि सरकार, निजी क्षेत्र र किसानको संयुक्त प्रयास आवश्यक देखिएको बताए । च्याउको गुणस्तर वृद्धिका लागि मन्त्रालय मातहतका निकायले काम गरिरहेको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षभित्र यसको खेती गर्न सिफारिस जात पञ्जीकरण गर्ने तथा गुची च्याउ, धमिरे च्याउ, लेटिपोरसजस्ता वहुमुल्य र पौष्टिक जातको अनुसन्धान सुरुआत गरिएको बताए। ती जातका बीउबिजन उत्पादनमा सफलता हात परेको एवं खेती प्रविधि विकासका लागि काम भइरहेको जानकारी दिँदै मन्त्री अधिकारीले यसको अनुसन्धान पश्चात प्रसार गर्न कृषि मन्त्रालयले कार्य योजना तय गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बर्सेनि पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रुपमा मनाउन मन्त्रालयले आवश्यक गृहकार्य गर्ने जानकारी दिँदै मन्त्री अधिकारीले अब च्याउको उत्पादन विविधिकरणतर्फ जान जरुरी रहेकामा जोड दिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : १७ बजे

नवलपुरमा बाबुआमाको कुटपिटबाट ४ महिने शिशुको मृत्यु

नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका-१ अर्मलेमा बाबुआमाको कुटपिट र लछारपछारबाट

भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे

काठमाडौं । भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आएका छन्

रुपन्देहीको दानव नदीमा बेपत्ता थप दुई बालकको शव भेटियो

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा सोमबार

समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ लैजाने दुस्साहस दिवास्वप्नमात्र हुनेछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानव