१६ पुस २०८१, मंगलबार | January 1, 2025

दक्षिण कोरिया विमान दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १७९ जना, २ जनाको जीवितै उद्धार



काठमाडौं । दक्षिण कोरियामा आज बिहान भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुगेको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । उनीहरु मध्य एक जना चालक दलका सदस्य र एक जना यात्रु भएको अधिकारीहरुले जनाएका छन् ।

जीवितै उद्धार गरिएका बाहेक अरु कोही पनि जीवित फेला नपरेको अधिकारीहरुलाई उद्धृत गर्दै दक्षिण कोरियाको योनहाप समाचार एजेन्सीले जनाएको छ । उनीहरुको उपचार मोकपो अस्पतालमा भइरहेको छ ।

दुर्घटनालगत्तै अग्नि नियन्त्रकसहितका उद्धारकर्ताले उनीहरुको उद्धार गरेका थिए ।

थाइल्याण्डको बैंककबाट कोरिया आएको जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको थियो । विमानमा चालक दलका ६ सदस्यसहित १८१ जना सवार थिए । उनीहरुमध्ये दुई जना थाइल्याण्डका र बाँकी सबै दक्षिण कोरियाका नागरिक रहेको पनि एजेन्सीले जनाएको छ ।

समाचार एजेन्सीका अनुसार विमान दुर्घटनाको कारण खुलि नसकेको जनाउँदै अधिकारीहरुले विमान धावनमार्गमा चिप्लिएर बारमा ठोक्किएको बताएका छन् । ठोक्किए लगत्तै विमानमा आगो लागेको थियो ।

विमान दुर्घटना दक्षिण कोरियाको जेओला प्रान्तको मुआन काउन्टीस्थित मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । यो विमानस्थल राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिममा पर्दछ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ३८ बजे

एकीकृत समाजवादीले देशभर जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त सैनिक अभ्यास

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको

नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने

ग्लोबल आइएमई बैंकद्वारा मेरी उनीलाई स्वस्थ नारी पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौ । ग्लोबल आइएमई बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको