१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

आर्थिक विकास लगानी बढाउने नेपाली डायस्पोराको प्रतिबद्धता



काठमाडौं । विश्वका विभिन्न देशमा रहेर हासिल गरेको ज्ञान र पुँजीलाई नेपालको आर्थिक विकासमा लगाउने नेपाली डायस्पोराको प्रतिबद्धता रहेको छ ।

युनाइटेड नेपाली डायस्फोरा (अन्डो)द्वारा यहाँ आयोजित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनका अवसरमा सहभागी विभिन्न देशबाट आएका प्रतिनिधिहरुले समानता, सहकार्य र समावेशीताका सिद्धान्तहरुमा आधारित रहेर विश्वव्यापी डायस्फोरालाई एकजुट गर्दै नेपाल र नेपालीहरुको हितका लागि काम गर्ने जनाका छन्।

सो अवसरमा वरिष्ठ समाजसेवी र सिएनएन हिरो अनुराधा कोइरालाले विश्वका विभिन्न देशमा रहेर हासिल गरेको पुँजी र ज्ञानलाई मातृभूमिको विकासमा लगाउन आग्रह गर्दै भावी सन्ततिहरुलाई पनि नेपालप्रतिको आस्था अभिवृद्धि गराउन नेपाली डायस्पोरासँग आग्रह गरे। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले मातृभूमिको माया र दायित्वलाई आत्मसात गर्दै आफूले विभिन्न परियोजनाहरुमा लगानी र सहयोग गर्दै आएको उल्लेख गर्दै सरकारले पनि नेपाली डायस्पोरालाई लगानीमैत्री वातावरण मिलाउनुपर्ने बताए ।

अन्डोका अध्यक्ष सोनाम लामाले नेपाल र नेपाली डायस्पोरालाई एकताबद्ध गरी मातृभूमिको दिगो भविष्य निर्माणमा योगदान पु¥याउने उद्देश्यले स्थापना गरिएको यस संस्थामार्फत जलवायु परिवर्तन र प्रतिभा पलायन जस्ता गम्भीर समस्याहरु एवं युवा पुस्तालाई नेपालको प्रगतिमा परिचालन गर्न विभिन्न रचनात्मक कामहरु भइरहेको जानकारी दिए ।

सम्मेलनको पहिलो प्राविधिक सत्र जलवायु परिवर्तन र बसाइँसराइ विषयमा वरिष्ठ पत्रकार कुन्द दीक्षित, आप्रवासन विशेषज्ञ डा गणेश गुरुङ, इसिमोडकी डा अमिना महर्जन र वन तथा वातावरण मन्त्रालयका नरेश शर्माले जलवायु परिवर्तन र बसाइँसराइबीचको सम्बन्ध र यसले पारेको नकारात्मक प्रभावका बारेमा प्रकाश पारेका थिए।

दोस्रो सत्रमा नवीनतम् पूर्वाधार र डायस्पोरा विषयमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशीलबाबु ढकाल, सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र ऊर्जाविद् कुशल गुरुङले नेपालको पूर्वाधार तथा यातायात क्षेत्रमा डायस्पोराले गर्नसक्ने सहयोगका बारेमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै तेस्रो प्राविधिक सत्रमा नीति र साझेदारी विषयमा नेपला पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा जीतेन्द्र उपाध्याय र नीति अुसन्धान प्रतिष्ठानकी डा इन्द्र अधिकारीले विद्यमान नीतिमा रहेका कमीकमजोरीका कारण डायस्पोरासँगको साझेदारीमा देखिएको समस्याका बारेमा धारणा राखेका थिए ।

नेपालको दिगो विकासका लागि डायस्फोराको संलग्नता भन्ने नाराका साथ दुई दिनसम्म जारी रहने सो सम्मेलनमा विश्वका विभिन्न देशबाट आएका करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको छ । सो अवसरमा नेपालको यातायात क्षेत्रमा अनुसन्धानमा सहयोग गर्ने उद्देश्यका साथ एमआइटी ग्रुप फाउण्डेशन र नेपाल सरकारबीच पाँच वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्मेलनसँगै आयोजित वार्षिक साधारणसभाबाट संस्थाको नयाँ नेतृत्वको पनि चयन हुनेछ ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : ३४ बजे

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

लिस्बन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेलले राष्ट्रपति

अन्नपूर्ण आधार शिविरमा पुग्न थाले आरोही

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न

पाटेबाघलाई निकुञ्जमा छाडियो

कञ्चनपुर । बेलौरी नगरपालिका-२ टेंढुवा गाउँबाट नियन्त्रणमा लिइएको बयस्क भाले

प्रधानमन्त्री ओली आज थाइल्याण्ड जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो थाइल्याण्डको औपचारिक

नारायणगढ-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्र

नवलपरासी । नारायणगढ-बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर