२५ चैत्र २०८१, सोमबार | April 8, 2025

लिपुलेक भन्ज्याङ सडक सञ्चालनबारे भारत र चीनबीच भएको सम्झौता खारेजीको माग



काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव ‘सी’ नेतृत्वको नेकपाले चीन र भारतका अधिकारीहरूबिच लिपुलेक भूभाग सम्बन्धमा पुस ३ गते बेइजिङमा भएको सहमतिप्रति आपत्ति जनाएको छ । शनिवार नेकपाका महासचिव विप्लवले ‘सी’ले एक विज्ञप्ति जारी गर्दै सो सहमति प्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भारत र चीनबीच भएको सो सम्झौताका विषयमा आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको विप्लवले उल्लेख गरेका छन् । ‘चीन र भारतका अधिकारीहरूबिच पुस ३ (डिसेम्बर १८) गते बेइजिङमा सन् २०१५ मा सहमति भएर कोभिड १९ का कारण बन्द भएको लिपुलेक भन्ज्याङ भएर तीर्थयात्री र व्यापारिक मार्ग पुनः सञ्चालन गर्ने भनी भएको सहमतिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

२०७७ जेठमा नेपालको प्रतिनिधिसभाले कालापानी, लिम्पियाधुरा र लिपुलेक भन्ज्याङसहित भूभाग समेटेर नक्सा समेत सार्वजनिक गरिसकेको जनाउँदै विज्ञप्तिमा नेपालको भूभाग प्रयोग गर्ने सहमतिमा नेपालसँग सहकार्य नगरी भएको चीन–भारत सहमतिले नेपालको सार्वभौमिक अखण्डता माथि अतिक्रमण गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीन र भारत आफ्नो सार्वभौमिकताप्रति जति गम्भीर छन् नेपालको अखण्डता र स्वतन्त्रताप्रति पनि गम्भीर हुन आवश्यक छ ।’

नेकपाले पुस ३ गते भएको भारत र चीन बिचको सहमति खारेज गराउन र राष्ट्रिय अखण्डताको रक्षार्थ आवश्यक कदम चाल्न नेपाल सरकारसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ८ : ०० बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग