१० बैशाख २०८२, बुधबार | April 23, 2025

पहिलो पाँच महिनामा बागमती प्रदेश सरकारको करिब १२ प्रतिशत मात्र बजेट खर्च



बागमती । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिनाको अवधिमा बागमती प्रदेश सरकारको खर्च निराशाजनक देखिएको छ । प्रदेश सरकारले चालु आव २०८१/८२ को साउनदेखि मङ्सिरसम्ममा कूल बजेटको करिब १२ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।

प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८१/८२ को पाँच महिनाको अवधिमा कूल बजेटको ११ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । चालु आवका लागि प्रदेश सरकारले रू ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकोमा पाँच महिनामा रू सात अर्ब ३७ करोड १९ लाख २५ हजार बजेट खर्च भएको उनले बताए । बजेटमध्ये चालुको तुलनामा पुँजीगततर्फको बजेट कम खर्च भएको उनको भनाइ छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ३६ दशमलव २२ प्रतिशत, प्रदेशसभा सचिवालयले २३ दशमलव ९० प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले दुई दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

आवको पहिलो चौमासिकसम्म चालु खर्च बढी हुने र पुँजीगत खर्च कम हुने गरेको र कात्तिकदेखि मात्र कतिपय योजना कार्यान्वयनमा गएकाले अहिले खर्च कम देखिएको सूचना अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति : १३ पुस २०८१, शनिबार  ११ : ५६ बजे

जम्मू-कश्मीर आक्रमण : एक नेपाली सहित २८ जनाको मृत्यु

पाहलगाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू-कश्मीरको पाहलगाममा भएको दुःखद

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

काठमाडौँ । विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक

आईपीएल : लखनउलाई दिल्लीले आठ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रियिमयर लिग (आईपीएल)मा दिल्ली क्यापिटलले लखनउ सुपर

बाँकेमा जग्गाधनी प्रमाणपूर्जा वितरणको तयारी

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन

आजको मौसमः कोशी र गण्डकी प्रदेशकाे पहाडी भू-भागमा पानी पर्ने

काठमाडौं । हाल देशमा मूख्यतया स्थानीय वायू तथा पश्चिमी वायूको