१३ पुस २०८१, शनिबार | December 28, 2024

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल



पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय भेटघाट एवं छलफल भएको छ ।

सङ्घको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल गरिएको थियो । छलफलमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख चाङले लुजाउ नगर औषधि तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिए ।

त्यहाँका उत्पादित वस्तु नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित वस्तु चीनको बजारमा पुर्याउनका निम्ति पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्न आफूहरू तयार रहेको उनले बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अघिल्लो वर्ष निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैँसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराए। यी क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने बताउँदै उनले पोखराको पर्यटन उद्योगलाई सघाउन चिनियाँ टोलीलाई आग्रह गरे ।

छलफलमा सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, महासचिव शोभा गौतमलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०१ बजे

जनसंख्या घटे पछि अनौठो अफर, ‘४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा लैजानुहोस् ’

काठमाडौं । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ ।

पिएल प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौं महानगरपालिका पूर्वप्रमुख

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा

काठमाडौं कांग्रेसद्वारा दिवङ्गत नेता सिंहको सम्झना

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न : पेट्रोल र मट्टितेल आयात सुरु

काठमाडौं । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात