१२ पुस २०८१, शुक्रबार | December 27, 2024

भेरी-बबई बहुउद्देश्यीय आयोजनाको प्रगति बारे मुख्यमन्त्री आचार्यको चासो



बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्ने बारेमा आयोजना कार्यान्वयन सम्बद्ध पक्ष संग छलफल गरेका छन् ।भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना साइड कार्यालय हात्तिखाल सुर्खेत पुगेका मुख्यमन्त्री आचार्यले आयोजनाको कामलाई गति प्रदान गर्न आवश्यक रहेको र त्यस तर्फ जुट्न ध्यानाकर्षण गराएका हुन् ।

‘आयोजनाको काम अलि सुस्ताएको छ । कामलाई गति प्रदान गर्नुस् । छिटो काम अघि बढ्छ कि भन्ने थियो तर, काममा बिलम्ब भयो,’ उनले भने, ]रिजल्ट छिटो दिनेगरी काम सम्पन्न गर्नुपर्ने छ ।’

आयोजनाबाट लुम्बिनी प्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने आशा गरिएको उनले बताए । आयोजनाको काम सञ्चालन गर्दा मानव बस्ती सुरक्षीत हुनेगरी गर्नुपर्ने बताउदै उनले नदि कटान र विपद जोखिम न्यूनिकरण गरेर काम गर्न अनुरोध गरे । ‘स्थानीयहरु संग भएका सम्झौता कार्यान्वयन भएको छैन । त्यसलाई ध्यान दिनुस्, सम्झौता अनिवार्य कार्यान्वयन गरिनुपर्छ,’ उनले भने, ‘बस्तिलाइ सुरक्षीत गर्न जरुरी छ । अनिवार्य नदिको दुबै किनारमा तटबन्ध गर्नेगरी योजना अघि बढाउनुस ।’ आयोजना कार्यालयसंग छलफल गर्नु अघि मुख्यमन्त्री आचार्यले बासगढी नगरपालिका(१ चेपाङ बर्दियाका स्थानीयसंग छलफल गरेका थिए ।

सो अवसरमा अवको २ बर्ष भित्र भेरी नदिको पानी बबई नदिमा झारेर सिंचाइ, विद्युत उत्पादन सुरु हुनेगरी काम भइरहेको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिए । बहुउद्देश्यीय आयोजनाको ६५.८ प्रतिशत भौतिक प्रगति गरेको, जस अन्तरगत टनेल निर्माण कार्य सम्पन्न भएको, सिभिल निर्माण कार्यको भौतिक प्रगति ५५ प्रतिशत, इलेक्ट्रोमेकानिकल प्रगति ३० प्रतिशत सम्पन्न भएको जानकारी आयोजनाले जनाएको छ । हाइड्रोमेकानिकलको भौतिक प्रगति ३९ प्रतिशत र प्रशारणलाइनको भौतिक प्रगति ५ प्रतिशत भएको छ ।

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवका आयोजना हो । बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टर भूमिमा बाह्रै महिना सिंचाइ सुविधा उपलब्ध गराउने र ४६.८ मेगावाट जलबिद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

सो आयोजनाबाट १२ महिना सिंचाइ र विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । आर्थिक बर्ष २०६८र६९ बाट भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना अघि बढेको थियो । भेरीको पानी बबईमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउनुका साथै ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने छ ।

सिँचाइ विभागद्वारा संशोधित गुरुयोजनाअनुसार टनेल निर्माण, बाँध, विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकललगायत काम सम्पन्न गर्न ३३ अर्ब १९ करोड खर्च हुने प्रक्षेपण छ । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा नेपालमा पहिलोपटक प्रयोग गरिएको टनेल बोरिङ मेसिन (टिबिएम) को सफल परीक्षण भएको छ । सुरुङको लम्बाइ १२ किलोमिटरको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको २०७६ बैशाख ३ गते ‘ब्रेक थ्रु’ गरिएको थियो । चीनको सीआइसी र चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)को संयुक्त ठेक्का सम्झौतामा निर्माणको काम भइरहेको छ ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ३० बजे

बुटवल मेलामा उपमहानगरपालिकाको अनुगमन

बुटवल । बुटवल उद्योग वाणिज्य संघको आयोजना तथा बुटवल उपमहानगरपालिका

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल

पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य

अण्डाको मूल्य हालसम्मकै उच्च

चितवन । लेयर्स कुखुरापालक किसानले अण्डाको मूल्य हालसम्मकै उच्च पाएका

बुटवल मेलामा दिपक बज्राचार्य एण्ड रिदम व्याण्डको धमकेदार प्रस्तुती (फोटो फिचरसहित)

बुटवल । बुटवलकाे औद्योगिक व्यापार मेलामा दीपक बज्राचार्य एण्ड द