१० पुस २०८१, बुधबार | December 26, 2024

बाँडिचुडी खान कांग्रेस-एमालेको सरकार बनेको होईन: ईश्वर पोखरेल



काठमाडौं ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय सङ्कटको बेलामा कांग्रेस र कम्युनिष्ट मिल्दै आएका बताएका छन।

नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले ऐतिहासिक परिवर्तन गर्न र मुलुकको सङ्कट समाधान गर्न कांग्रेस एमाले एक ठाउँमा उभिने गरेका बताएका हुन्।

‘मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्, राष्ट्रिय सङ्कट परेको बेलाका कांग्रेस र कम्युनिष्ट मिलेका छन्’, उनले भने ।

देशमा अप्ठेरो स्थिति परेको बेलमा मिलेका भए पनि कांग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने पनि उनले बताए। कहिलेकाहीँ यो प्रतिस्पर्धा अस्वस्थ पनि हुने गरेको बताउँदै उनले त्यसलाई अस्वस्थ हुनबाट जोगाउन सबै लाग्नु पर्ने उनको धारणा रहेको छ ।

पत्रकारको समाजमा दोहोरो भूमिका भएको बताउँदै पोखरेलले लेख्न बस्दा भने पत्रकारले व्यावसायिक धर्म बिर्सनु नहुनेमा उनको जोड रहेको छ ।

‘पत्रकारिताको धर्म पालना गर्दा व्यावसायिकताको झण्डालाई झुक्न दिनु हुँदैन, यो कुरामा सन्तुलन कायम गर्नुपर्छ, मादल बजाउँदा हार्मोनियम छुट्ने, हार्मोनियम बजाउँदा मादल छुट्नु हुँदैन’, उनले भने।

पत्रकारिता क्षेत्रले सधैँ साँचो कुरा लेखिदिउन् भन्ने राजनीतिक क्षेत्रलाई लागि रहेन उनको भनाई छ। ‘झुट कुरा लेखेर बजारीकरण गर्न खोज्दा पीडा पनि हुन्छ, रिस पनि उठ्छ, दुःख पनि लाग्छ’, पोखरेलले भने ।

एउटा राजनीतिकर्मीको प्राप्त गरेको हैसियत सार्वजनिक सम्पत्ति हुने पोखरेलले बताए । उनले कसैलाई बदनाम गराउने अधिकार कसैलाई नहुने बताउँदै बदमासी गरे पब्लिक अडिट हुने स्पष्ट पारे ।

सञ्चार माध्यमले कसैलाई पनि त्यतिकै फत्तुर लगाइदिन नमिल्ने बताउँदै पोखरेलले त्यतिकै फत्तुर सहनु पर्ने अभिशप्त स्थिति आउनु नहुने बताए । ‘यदि सञ्चार जगत् यो अनुहारमा प्रस्तुत भयो भने कस्तो देखिएला ?’ पोखरेलले भने।

राजनीति र सञ्चार क्षेत्रमा केही समस्या भए बसेर छलफल गर्नुपर्ने उनको भनाई छ। सबैको आधारभूत कुरा देश भक्ति भएको बताउँदै उनले सबैको एउटै उद्देश्य देशको रक्षामा केन्द्रित हुनुपर्नेमा पोखरेलले जोड दिए ।

‘यो देशको रक्षा गर्नु सबैको कर्तव्य हो, तर देशको रक्षा छिमेकीलाई गाली गरेर मात्र हुँदैन, स्वाभिमानले शिर ठड्याउँदा मात्र देशको रक्षा हुन्छ’, उनले भने।

नेपाल दुई ठुला देशको बिचमा रहेको बताउँदै पोखरेलले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्नु पर्नेमा उनले जोड दिए । नेतृत्वले छिमेकीसँग आँखा जुधाएर गफ गर्न सक्के हैसियत राख्नु पर्ने उनको धारणा छ । ‘हामी छिमेकीलाई मुख छाडेर गाली गर्ने कुरा पनि गलत हो भन्छौँ, छिमेकीसँग घुँडा टेकेर गिडगिडाउने कुरा पनि गलत हो भन्छौँ’, उनले भने।

सञ्चार क्षेत्रले जियो पोलिटिकल सेन्सिभिटीलाई बुझेर काम गर्नुपर्ने बताउँदै उनले छिमेकीलाई तथानाम गाली गर्ने र घुँडा टेक्ने दुवै कुराबाट जोगिएर अघि बढ्ने कुरामा ध्यान जानु पर्ने पोखरेलको धारणा छ ।

यति बेला मुलुकको सङ्कट सामना गर्न ऐतिहासिक पृष्ठभूमि भएका दुई राजनीतिक पार्टी सरकारमा पुगेका कुरा बुझिदिन आग्रह गर्दै कांग्रेस एमाले बाँडिचुँडी खान सरकारमा नगएको प्रष्ट पारे ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १ : २९ बजे

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

एमाले सचिवालय : संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कमिटी बैठकको मिति

औद्योगिक व्यापार मेलामा दर्शकको भिड : एलिनाको दमदार प्रस्तुती

बुटवल । बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेलामा भरिभराउ दर्शकका बीच

गणतन्त्रमा देशको मालिक जनता : उपमहासचिव पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान

सत्यनारायणबहादुर श्रेष्ठ स्मृति मिडिया कपको उपाधि डब्ल्युएनओ नेपाल च्याप्टरलाई

काठमाडौँ । वल्र्ड नेवा अर्गनाइजेसन (डब्ल्युएनओ) नेपाल च्याप्टरले दोस्रो सत्यनारायणबहादुर