२३ चैत्र २०८१, शनिबार | April 5, 2025

तिब्बतमा १७ हजार भन्दा बढी ५जी बेस स्टेशन निर्माण



ल्हासा । दक्षिणपश्चिम चीनको स्वशासित क्षेत्र तिब्बत (चीनले तिब्बतलाई सिजाङ Xizang नामाकरण गरेको छ)मा अहिलेसम्म १७ हजार भन्दा बढी ५जी बेस स्टेशनहरू निर्माण भएका छन् ।

सन् २०२४ मा मात्र सात हजार ३५ नयाँ बेस स्टेशनहरू थपिएको स्थानीय सञ्चार अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षेत्रीय सञ्चार प्रशासन ब्युरोले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार, हालसम्म तिब्बतका ७० प्रतिशतभन्दा बढी प्रशासकीय गाउँहरूले ५जी नेटवर्क पहुँच प्राप्त गरेका छन्।

तिब्बतले पहिलो ५जी बेस स्टेशन २०१९ मा सञ्चालनमा ल्याएको थियो। यस क्षेत्रले पछिल्ला वर्षहरूमा आफ्नो ५जी सञ्चार नेटवर्कको पहुँच विस्तार गर्दै प्रमुख राष्ट्रिय राजमार्गहरू र पर्यटकीय स्थलहरूमा समेत सेवा उपलब्ध गराउँदै आएको छ।

भविष्यमा, ५जी नेटवर्क सेवाको दायरा थप कृषि तथा पशुपालन क्षेत्रहरू र दुर्गम स्थानहरूमा विस्तार गर्ने योजना रहेको ब्युरोले जनाएको छ।

 

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ८ : २० बजे

जाजरकोट भूकम्पमा आठजना घाइते

काठमाडौँ । जाजरकोटको कुसे गाउँपालिका–९ पैङ्कमा केन्द्रविन्दु बनाएर गएराति गएको

हिमपहिरामा हराएका चिनियाँ पर्यटकको शव भेटियो

कास्की । पदयात्राका क्रममा कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरोमा

थाइल्याण्ड भ्रमण र बिम्स्टेक सम्मेलनमा सहभागिता सफल र सार्थक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो थाइल्याण्डको औपचारिक भ्रमण

म्यानमार भूकम्प : मृतकको सङ्ख्या ३३०० नाघ्यो

याङ्गुन । म्यानमारमा ठूलो भूकम्पबाट मर्नेहरूको सङ्ख्या तीन हजार तीन

नेपाल-भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको