२ बैशाख २०८२, मंगलबार | April 15, 2025

खजुरामा पहिलो क्याफे : मण्डला क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा



खजुरा । बाँकेको खजुरामा पहिलो क्याफे एण्ड रेष्ट्रो आजबाट संचालनमा आएको छ । युवा लगानीकर्ताहरुको लगानी तथा व्यवस्थापनमा खजुरामा मण्डला क्याफे एण्ड रेष्ट्रो संचालनमा आएको हो ।

नेपालगन्ज गुलरिया हुलाकी सडकको खजुरा बजार खण्डको बिचभागमा संचालनमा आएको क्याफेले टिफिकल नेपाली परिकारहरु उपलब्ध गराउने संचालकहरुले बताएका छन् । क्याफे एण्ड रेष्ट्रोमा थकाली खाना, लोकल परिकार, टिपिकल स्वाद सहितको नास्ता र खानाका परिकारहरु उपलब्ध रहेको क्याफेका संचालक खगेन्द्र दाहालले बताए ।

दाहाल सहित अन्य ६ जना युवाहरुको लगानी रहेको क्याफेमा ५० लाख लगानी रहेको र १५ जना बढीले राजगारी पाउने दाहालले बताए । ग्राहकहरुको चाहना र खजुराको आवश्यकतालाई मध्यनजर गर्दै खजुरा क्षेत्रकै पहिलो क्याफे संचालन गरिएको उनले बताए ।

उनका अनुसार उदघाटनका अवसरमा कफि तथा बिभिन्न परिकारहरुमा विशेष छुटको अफर समेत चलाईएको छ ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ९ : १४ बजे

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख