२ बैशाख २०८२, मंगलबार | April 15, 2025

पण्डितपुरमा भेटियो बुद्धकालीन संरचना



नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ पण्डितपुरमा उत्खननका क्रममा प्राचीन भग्नावशेष तथा चक्राकार सहर भेटिएको छ । उत्खननमा कोलिय गणराज्यका विभिन्न सहरबारे महत्वपूर्ण तथ्य भेटिएको पुरातत्व विभाग, पुरातत्व शाखा प्रमुख पुरातत्वविद्ध भाष्कर ज्ञवालीले बताए ।

उनले भने, “आर्थिक वर्ष २०७५/७६ मा गरिएको भू–भौतिक अध्ययनका क्रममा देखिएका भग्नावशेष पुष्टी गर्नका लागि हालै एक महिनासम्म उत्खनन तथा अध्ययन भएको थियो, सोही क्रममा कोलिय गणराज्यको विभिन्न ठाउँमा फैलिएको सहरमध्ययेको सहर पण्डितपुर पनि भएको पुष्टि भएको छ ।”

दुई ठाँउमा उत्खननको प्रमुख उद्देश्य भू–भौतिक अध्ययनमा देखिएका पर्खाल संरचना उद्धगार (प्रमाणित) गर्ने थियो । साथै एक ठाउँमा तीन मिटर गहिरो खाडल खनेरे सांस्कृतिक इतिहास अध्ययन गर्दा बुद्ध, मौर्यकाल समयदेखि मुस्लिमकालसम्मको बसोबास भएको प्रमाण भेटिएको उनको भनाइ छ । यस्तै अर्को ठाउँमा गरिएको उत्खननमा सेन्टरी पोष्ट (सुरक्षाकर्मीले पहरा दिने ठाउँ) जस्तो भग्नावशेष फेला परेको उनले बताए ।

उत्खननको क्रममा पर्खालको संरचनासहित माटाका भाँडा, जनावरका मूर्ति, गरगहनालगायतका पुरातात्विक सामग्री फेला परेको पुरातत्त्वविद् भाष्कर ज्ञवालीले बताए । हाल पण्डितपुरमा पूर्व–पश्चिम र उतर–दक्षिणमा एक/एक हजार मिटर क्षेत्रफलसम्म कुनैपनि संरचना निर्माण नगर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : ०६ बजे

मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण

मुस्ताङ । मुस्ताङका पालिकालाई अपाङ्गतासम्बन्धी सहायता सामग्री हस्तान्तरण गरिएको छ

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

काठमाडौं । सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक

तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदै

महोत्तरी । तराई मधेशमा ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमबार ‘सतुवाइन’

प्रथम रेडपाण्डा महोत्सव सुरु

खोटाङ । ‘मुन्दुम ट्रेल भ्रमण वर्ष’को अवसर पारेर दिक्तेल रुपाकोट

आजदेखि राजविराजमा मधेस प्रिमियर लिग प्रतियोगिता हुँदै

राजविराज । मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करणको तयारी