७ पुस २०८१, आइतबार | December 22, 2024

बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’



काठमाडौं । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७ गते प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मुख्य आयोजक रहने सम्मेलनमा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र ग्रिन बाम्बो क्रिएसन प्रालि आयोजक रहनेछन् ।

सम्मेलनमा बाँससँग सम्बन्धित सरकारी तथा वन वातावरणसम्बन्धी गैरसरकारी सङ्घसंस्था, शैक्षिक तथा अनुसन्धान निकाय, निजी क्षेत्र, बाँसमा आधारित उद्यमी र स्थानीय तहले सहभागिता जनाउने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । सम्मेलनको मूल नारा ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ तय गरिएको छ ।

सम्मेलनको उद्देश्य बाँससम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र विस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसखेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने रहेको दिक्तेल नगरपालिकाका तीर्थराज भट्टराईले जानकारी दिए ।

बाँस खेती गर्ने किसानको प्रवर्द्धनका लागि सरोकार भएकाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने सम्मेलनको उद्देश्य रहेको नगरप्रमुख भट्टराईले बताए।

सम्मेलनमा एक सय सरकारी तथा गैरसरकारी निकाय, एक सय वन उपभोक्ता समूह, ५० विश्वविद्यालय तथा अनुसन्धान केन्द्र, एक सय विद्यार्थी सहभागी भई प्रत्यक्ष अवलोकन गर्ने उनले जानकारी दिए।

सम्मेलनमा बाँस विज्ञको प्रस्तुतीकरण गरिने, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामग्रीहरूको स्टल प्रदर्शन गर्ने, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन गरिने मूल आयोजक समितिका संयोजक गणेश साहले जानकारी दिए ।

सम्मेलनको पूर्वतयारीका लागि यही पुस १४ गते कोशी प्रदेशको इटहरीमा, पुस १५ गते मधेश प्रदेशको जनकपुरमा, पुस १६ गते बागमतीको हेटौँडामा, पुस १८ गते गण्डकीको पोखरामा र पुसको अन्तिम साता उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर)मा प्रादेशिक कार्यक्रमहरू गर्ने उनले बताए ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक डा राजेन्द्र केसीले बाँसलाई ‘ब्रान्ड’ बनाएर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने भएकाले सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।

बाँस एक बहुउपयोगी वनस्पति हो । यसको मानव जीवन र जनजीविकासँग अन्योन्याश्रित सम्बन्ध रहेको बताउँदै उनले ग्रामीण क्षेत्रमा आवश्यकता र सहरी क्षेत्रमा सौखका कारण पनि बाँसका सामग्रीहरूको प्रयोग बढ्दै गएको बताए ।

कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले नेपाल जस्तो पहाडी तथा संवेदनशील भूबनोट भएको देशमा भू तथा जलाधार संरक्षण, कम खर्चिलो तथा दिगो भूकम्पमैत्री निर्माण, पर्यावरणीय शुद्धीकरण र व्यावसायिक वृद्धिलगायत दृष्टिकोणले बाँसको महत्व अझ सान्दर्भिक रहेको उल्लेख गरे।

ग्रिन बाम्बो क्रियसन प्रालीका प्रबन्ध निर्देशक प्रणव प्रधानले बाँस प्रजातिको संरक्षण, प्रवर्द्धन र उपयोगितालाई उजागर गर्दै बाँसका उत्पादनहरूको विविधीकरण, प्रयोगलाई गुणात्मक रूपमा अभिवृद्धि गर्न, बाँस केन्द्रित राष्ट्रिय नीति–निर्माण, योजना तथा कार्यक्रम सञ्चालन गर्न, सीप र प्रविधि विकासको अभिवृद्धिलगायत विषयहरूलाई लक्षित गरी सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।

नेपालमा बाँसजन्य वनस्पतिका ७५ भन्दा बढी प्रजाति उपलब्ध छन् । बाँस र बाँसजन्य सामग्रीहरू विशेषगरी आयस्तर कम भएका नागरिकहरूको जीवनयापनका लागि महत्वपूर्ण आधारका रूपमा रहँदै आएका छन् । यसका अतिरिक्त बाँस हाम्रो धर्म, संस्कृति, परम्परा, घरेलु तथा साना उद्यमलगायत जनजीविकासँग जोडिएको छ ।

नयाँ पुस्तालाई प्रकृतिसँग सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण र दिगो विकासको मूल प्रवाहीकरणमा लैजाने, बाँससँग सम्बन्धित किराँतलगायत धार्मिक, पौराणिक कलासंस्कृति र रीतिरिवाजको संरक्षण तथा प्रवर्द्धन गर्न, बाँसबाट प्राप्त हुने वस्तु तथा सेवाको प्रवर्द्धन र बजारीकरण गरी राष्ट्रिय अर्थतन्त्रलाई सहयोग पुर्‍याउन सम्मेलनले मद्दत गर्ने आयोजकले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ७ : १४ बजे

रवि लामिछानेको मुद्दाको विषयबारे प्रहरीले सभामुखलाई जानकारी गरायो

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुख देवराज घिमिरेलाई पत्र

मध्यपुरबाट बिदा भए देवगण

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा एक सातासम्म बसेर विभिन्न टोलमा परिक्रमा,

दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा

जमिनमुनी गाडीएको सुन भन्दै २ करोड ठगी गर्ने एकजना पक्राउ

नेपालगन्ज । जमिनमुनी सुन छ भन्दै २ करोड ठगी गर्ने

सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको