७ पुस २०८१, आइतबार | December 22, 2024

राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : शेखर कोइराला



कैलाली । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि बनेको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन, स्थायित्व, आर्थिक अवस्था सुधार, विकास र सुशासनका लक्ष्यसहित सरकार बनेको बताए ।

नेता डा कोइरालाले सो लक्ष्यअनुसार सरकारले जुनसुकै अवस्थामा पनि काम गर्नुपर्ने सुझाव दिए। “यो अन्तिम विकल्पको सरकार हो । संसदका दुई ठूला दल मिलेर बनेको सरकारले पनि काम गर्न नसके देशमा अराजकता निम्तिन्छ भनेर धेरै विद्वानहरूले सचेत गराइराखेका छन् । हामीले पनि आफ्नो तर्फबाट यही कुरा भनिराखेका छौँ । अहिलेको सरकारलाई असफल हुने छुट छैन”,उनले जोड दिएर भने, “कुनै पनि हालतमा अहिलेको सरकार अगाडि जानुपर्छ । आफ्नो म्यान्डेड पूरा गर्नुपर्छ ।”

नेता डा कोइरालाले कांग्रेस र एमाले मिलेर मात्र संविधान संशोधन नहुने भएकाले अन्य सबै राजनीतिक दलबीच बृहत् समझदारी गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

नेता डा कोइरालाले गेटा मेडिकल कलेजका भौतिक संरचनालाई सदुपयोग गर्दै स्थापनाको लक्ष्यअनुसार तत्काल काम अगाडि बढाउनुपर्ने र त्यसमा आफूहरूले कोसिस गरिरहेका बताए। यसैगरी उनले एक वर्षभित्र पार्टीको १५औँ महाधिवेशन गर्नुपर्ने दायित्व रहेकाले सोअनुसार आफ्नो जिम्मेवारीमा जुट्न सबैलाई आह्वान गरे ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  १ : ४६ बजे

बाँसखेतीबारे जानकारी गराउन ‘बाँस सम्मेलन’

काठमाडौं । खोटाङको दिक्तेलमा आगामी फागुन १५, १६ र १७

मन्त्रिपरिषद् निर्णय : प्रहरी नायब महानिरीक्षकद्वय सिंह र बोहराको बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी

‘आधारहीन होइन, आलोचनात्मक पत्रकारिताको खाँचो छ’

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘डिजिटल’ मिडियाबाट

त्रिविका कुलपति प्रधानमन्त्री ओलीले भने – डिन नियुक्ति मेरो रुचीको विषय हैन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अनौपचारिक बैठक सिंहदरबारमा बसेको छ ।

जनकपुर बोल्ट्सका समर्थकमाथि भएको दुर्व्यवहार घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग

काठमाडौं । मधेशी आयोगले जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स्बीच भएको