८ बैशाख २०८२, सोमबार | April 22, 2025

कालिका मानवज्ञानको उपलब्धि प्रदेशका अन्य विद्यालयहरुका लागि बलियो सिकाई : मुख्यमन्त्री आचार्य



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिका मानवज्ञान विद्यालयले हाँसिल गरेका शैक्षिक उपलब्धिहरु प्रदेशका अन्य विद्यालयहरुकालागि बलियो सिकाई केन्द्रको रुपमा लिनुपर्ने बताएका छन् । बुटवल उपमहानगरपालिका–१० मा रहेको देशकै उत्कृष्ट कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६४ औं बार्षिकोत्सव एवम् अभिभावक दिवसको उद्घाटन गर्दै कालिकाले सबै क्षेत्रमा उत्कृष्ठता हाँसिल गरेको बताए ।

उनले विद्यालयको प्रशंसा गर्दै भने, ‘विद्यालयले गर्ने हरेक क्रियाकलाप र भावि योजनामा प्रदेश सरकारको साथ सहयोग रहन्छ । यो विद्यालयले हाँसिल गरेका उपलब्धीले सिंगो लुम्बिनी प्रदेशको गौरव बढाएको छ ।’

विद्यालयलाई यस उचाईमा ल्याईपु¥याउने भूमिका खेल्ने सबै बधाईको पात्र रहेको चर्चा गर्दै मुख्यमन्त्री आचार्यले विद्यालयले यो उचाई सधैं कायम राख्न निरन्तर भूमिका बढाइरहनुपर्ने बताए । ‘अथक प्रयत्न र पौरखले यो विद्यालयले उत्कृष्ठताको उचाई हाँसिल गरेको छ । यस प्रकारको उचाईले प्रदेशको गौरव बढाएको छ’, उनले भने, ‘प्रदेश सरकारले तपाईहरुलाई सम्मान गर्न चाहन्छ ।’

बहुआयामीक क्षेत्रमा विद्यालयले हाँसिल गरेका उपलब्धिहरु शैक्षिक विकासकोलागि बलियो स्रोत बन्नेमा मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गरे । ‘रिजल्टको हिसावले भन्नुस या अतिरिक्त क्रियाकलापको हिसावले भन्नुस यो विद्यालय देशमै नमुना छ । यहाँबाट उत्पादन भएका विद्यार्थीले जस्तो सुकै प्रतिस्पर्धामा पनि सफलता प्राप्त गरेका छन्’, उनले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक एवम् सिंगो समुदायले गरेको मेहनतको प्रतिफल हो ।’

वि.सं. २०१७ सालमा स्थाना भएको विद्यालय देशकै नमुना विद्यालयको रुपमा स्थापित छ । विद्यालयले बार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको हो । सो अवसरमा मुख्यमन्त्री आचार्यले विद्यालयको मुखपत्र २०८१ को विमोचन गरे । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बार्षिक प्रगती विवरण प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ५० बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट