२ बैशाख २०८२, मंगलबार | April 15, 2025

अध्ययनरत विद्यार्थीलाई रोजगारीको अवसर प्रदान गर्ने गरी होटल पौवा र बुटवल कालिका क्याम्पसबीच सम्झौता



बुटवल । नेपाली स्वादका लागि छुट्टै पहिचान बनाएको होटल पौवाले बुटवल कालिका क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने भएको छ । शुक्रबार होटल पौवा र बुटवल कालिका क्याम्पसबीच क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

बुटवल कालिका क्याम्पस बुटवल १० रामनगरमा भएको सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख महेश पाण्डे र नेपालका विभिन्न स्थानहरुमा नेपाली हस्पिटालिटीसहितको सेवा दिँदै आएको होटल पौवाको तर्फबाट होटलका चिफ अपरेटिङ्ग अफिसर बालकृष्ण गौतमले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको होटल पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिए ।

पछिल्लो समय नेपाली विद्यार्थीहरुमा विदेशिने लहर बढेपछि विद्यार्थीहरुलाई नेपालमा नै रोजगारीको अवसर प्रदान गर्ने उद्धेश्यका साथ यो सम्झौता गरीएको भण्डारीले बताए । उनले भने “प्राथमिकताका साथ क्याम्पसका विद्यार्थीहरुलाई होटल पौवाले सिकाउने, रोजगारी दिने र नेपालमै काम गर्न पर्छ र नेपालमा नै रोजगारी सिर्जना गर्ने गरी हस्ताक्षर भएको छ ।”

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बि.बि.एस चौथो वर्षमा अध्यनरत करीब ३०० विद्यार्थीको सहभागिता रहेको कार्यक्रमको संचालन क्याम्पसका बित्त विभागका प्रमुख केशवराज न्यौपानेले गरेका थिए ।

‘जहाबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल नारासहित नेपाली हस्पिटालिटी सहितको सेवा दिने उद्देश्यले देशभर आफ्नो शाखा बिस्तारलाई समेत तिब्रता दिँदै आएको होटल पौवाले लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पहुँच बिस्तार गरेको छ । हालसम्म देशभरीका १५ स्थानबाट होटल पौवाले सेवा दिइरहेको छ । छिमेकी प्रदेश कर्णालीको जुम्ला, सुदूरपश्चिमको धनगढी, दाङको भालुवाङ, घोराही र लमही, कपिलवस्तुको गोरुसिङ्गे, रुपन्देहीको योगीकुटी र भैरहवाको चिल्ड्रेन पार्क, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा, गण्डकी प्रदेशको राजधानी पोखरा र नवलपुर खोटाङको हलेसी बाग्मती प्रदेशको सिन्धुली तथा संघीय राजधानी काठमाडौंको गौशालामा पौवाको सेवा संचालनमा रहेका छन् । यसैगरी बागमती प्रदेशकै चितवनको भरतपुरमा र लुम्बिनी प्रदेशको औद्योगिक राजधानी बाँकेको नेपालगन्जमा शाखा बिस्तार गरी शिघ्र संचालनको तयारीमा रहेको छ ।

‘स्वदेशी तथा विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनु हाम्रो दायित्व हो । यसका लागि हामीले हाम्रा खानामा लगातार परिमार्जन गरिरहेका छौं,’ ब्राण्डिङ प्रमुख भण्डारीले भने, ‘नेपाली रैथाने खानालाई स्वदेशी र विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तराष्ट्रियकरण गर्ने अभियानमा हामी एक कदम अघि बढ्दैछौं ।’

 

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : २३ बजे

थरीथरीका चौँरी हेर्दै रमाए पर्यटक

पाँचथर । नयाँ वर्षको अवसरमा चौँरी महोत्सव । समुद्र सहतबाट

सहकारी समस्याबारे राष्ट्रपतिको चासो

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी क्षेत्रमा देखिएको समस्याका बारेमा चासो

China tells airlines to suspend Boeing jet deliveries

Beijing: China has told its airlines to stop taking deliveries

बोइङ जेटको डेलिभरी स्थगित गर्न एयरलाइन्सलाई चीनको आदेश

बेइजिङ । चीन र संयुक्त राज्य अमेरिकाबीचको व्यापार युद्ध गहिरो

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्री कार्यसमितिको बैठक बोलाएको छ । वैशाख