२७ फाल्गुन २०८१, मंगलबार | March 11, 2025

पत्रकार महासंघ बाँकेका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको शपथ र पदस्थापन सम्पन्न



नेपालगन्ज । गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा बाँकेबाट निर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई प्रमाण पत्र र शपथ खुवाइएको छ । नेपाल पत्रकार महासंघ बाँके निर्वाचन समितीद्वारा आयोजित कार्यक्रममा महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारी, सदस्य तथा पार्षदहरुलाई शनिबार पद तथा गोपनियताको शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत शरण कर्माचार्यले नव निर्वाचित अध्यक्ष नवीन गिरी , पदाधिकारी र सदस्यहरू, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यहरुलाई प्रमाणपत्र प्रदान गदै सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष गिरीले पत्रकार महासंघको शाख र गरिमालाई जुनसुकै हालतमा खस्कन नदिने प्रतिबद्धता व्यक्त गरे । उनले संघको गरिमा, पत्रकारको दक्षता अभिबृद्धि र संस्थागत विकासका लागि आफुले सबैलाई समेटेर अगाडि बढ्ने जनाउँदै महासंघ लेख्ने र बोल्ने क्रियाशिल पत्रकारहरुको संस्था बनाइने बताए ।

मुख्य निर्वाचन अधिकृत कर्माचार्यले समाजमा पत्रकारलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै नवनिर्वाचित टिमले पत्रकारहरुको गिर्दो थरिमालाई माथि उठाउन विशेष कार्यक्रम चलाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई , नेपाल पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष संगीन शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका पुर्ब अध्यक्षहरू झलक गैरे, निरज गौतम, प्रेम के सी, संस्थापक अध्यक्ष लियाकत अलिलगायतले पत्रकारहरूको हकहितका लागि सबै पत्रकार एकजुट भई अगाडि बढ्नु पर्नेमा जोड दिँदै नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

नव निर्वाचित पदाधिकारीलाई आजै महासंघ बाँकेमा पदस्थापन गराइएको छ । अध्यक्ष गिरीलाई निवर्तमान कार्यबाहक अध्यक्ष संगीन शर्माले अध्यक्षको कुर्सीमा बसालेर पदस्थापन गराए । सोही अवसरमा निवर्तमान सचिव कमल डाँगीले सचिव कृष्ण ओली र कोषाध्यक्ष सुनिल रेग्मीलाई माइनुट र लेजर हस्तान्तरण गर्दै पदभार ग्रहण गराएका थिए ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ७ : ५९ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई

गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत

महोत्तरी । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले राजावादीहरुको सक्रियतालाई

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिम

मोरङ । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन्

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको