८ बैशाख २०८२, सोमबार | April 22, 2025

घुम्न जाउँ बर्दिया अभियान सुरु, एकपटक बर्दिया पुग्न मुख्यमन्त्रीको आह्वान



बर्दिया । लुम्बिनी प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तब्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाँउ बर्दिया अभियान सुभारम्भ गरेको छ । स्थानीय सरकार ठाकुर बाबा नगरपालिकासंग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान सुभारम्भ गरेको हो ।

आज एक समारोहकाबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको सुभारम्भ गरे । प्रदेश सरकारको चालु आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम नीति तथा कार्यक्रम अन्तर्गत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको हो । प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रुपमा लिएको छ । जस अन्तरगत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षीत गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो ।

अभियानको सुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासको लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए । ‘बर्दिया जिल्लाको ऐतिहाँसिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तब्य स्थल हो’, उनले भने, ‘लुम्बिनी प्रदेश बासीलाई एक पटक बर्दिया पुग्नेगरी, भ्रमण गर्नेगरी हार्दिक आमन्त्रण गर्दै भ्रमण गर्न आह्वान गर्दछु ।’

प्रदेश सरकारले कर्मचारीहरुलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणको लागि दश दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले कर्मचारीलाई पनि बर्दिया जिल्लाको भ्रमणकालागि आह्वान गरे । ‘संघ, संस्था, विद्यालय, सहकारी संस्था लगायत सबै निकायहरुमा रहनुभएकाहरुले एक पटक बर्दिया भ्रमणकालागि समय निकाल्न अनुरोध र आह्वान गर्दछु’, उनले भने, ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव छ । त्यही भएर सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ ।’

बर्दिया जिल्लाको समस्या बर्दियाको मात्रै नभएर सिंगो प्रदेशको समस्या भएकाले प्रदेश सरकारले समाधानकालागि ध्यान दिने मुख्यमन्त्री आचार्यले प्रतिबद्धता व्यक्त गरे । समस्याको बर्गिकरण गरेर तीन तहका सरकारले साझा रुपमा सम्वोधन गर्नेगरी पहल सुरु भएको उनको भनाई छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज सँग सँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी सहित ७ वटै प्रदेशका पर्यटन मन्त्रीहरु, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा अभियानको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ५ : ५० बजे

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा

शिक्षाको अधिकार प्रचलनमा अवरोध हुन नदिन मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले आन्दोलनरक्त शिक्षकको माग वार्ताको माध्यमबाट

लुम्बिनी कप महिला फुटबल : कर्णालीलाई ६–० ले पाखा लगाउदै एपिएफ सेमिफाइनलमा

नेपालगन्ज । नेपालगन्ज रंगशालामा जारी अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्गलबार नेपाल कम्युनिष्ट