४ पुस २०८१, बिहिबार | December 19, 2024

मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी आपूर्ति गर्न बिच्छ्याइएका ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका छन् ।

स्थानीय इन्द्रचोक, जनवहाल, नयाँसडक, असनलगायत स्थानमा जारी पाइपलाइनको कामको आज निरीक्षण गरेपछि उनले ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन दिएका हुन् । साथै उनले चुहावट नियन्त्रण गर्नुपर्नेमा जोड दिए । गुणस्तर सुनिश्चित नहुँदा धेरै स्थानमा पानी चुहिएको र पानी चुहिएका स्थानमा यथाशीघ्र मर्मतसम्भार गर्न उनले निर्देशन दिए ।

मन्त्री यादवका साथ खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका वरिष्ठ अधिकारी सहभागी थिए ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १२ : ०८ बजे

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसँग छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत्

प्रहरी हिरासत भित्रका रवि लामिछानेको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले कारवाही गर्ने

काठमाडौं । कास्की प्रहरी हिरासत भित्रको फोटो सार्वजनिक गर्नेमाथि प्रहरीले

घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ लगातार ओरालो लागेको छ

एनपिएलः फाइनल प्रवेश खेलमा जनकपुरले टस जित्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको दोस्रो

‘देव वाणी’ फिल्म सफलताको कामना गर्दै काल भैरवमा पूजा

काठमाडौं । प्रतिक्षित फिल्म  ‘देव वाणी’ यही पुस १० गतेदेखि