३ पुस २०८१, बुधबार | December 18, 2024

नेपालगन्ज मेडिकल कलेजबाट सरकारको निर्णय अवज्ञा, कर्मचारीहरु आन्दोलनमा



नेपालगन्ज । नेपाल सरकारले तोके अनुसारको सेवा सुबिधाको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले मेडिकल कलेज शिक्षण अस्पतालको कामकाज आधा दिन ठप्प पारेका छन् । बिभिन्न माग राखेर दोस्रो चरणको आन्दोलन सुरु गरेका कर्मचारीहरुले आजदेखि आधादिनका लागि ओपिडी सेवा बन्द गरेपछि मेडिकल कलेज अन्तर्गतका शिक्षण अस्पतालका कामकाज ठप्प भएका हुन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले सरकारी अस्पतालसहित मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पतालहरुले न्युनतम सेवा सुबिधा नेपाल सरकारको नघट्ने गरि दिन निर्देशन गरेपनि नेपालगन्ज मेडिकल कलेजले सरकारको निर्णय अवज्ञा गरेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बुधबार र बिहिबार १ बजेसम्म आधा दिनका लागि सेवा वन्द गर्ने कर्मचारीहरुको आन्दोलनको कार्यक्रम रहेको छ। पुस ३ र ४ गते आधा दिन ओपीडी र शैक्षिक कार्यक्रमहरू बन्द गर्ने कार्यक्रम राखेका कर्मचारीहरुले पुस ५ गतेदेखि इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा र शैक्षिक कार्यक्रमहरू पूर्णरूपमा बन्द गर्ने गरि आन्दोलनका कार्यक्रम सार्वजानिक गरेका छन् । आन्दोलनको कार्यक्रममा ५ गतेदेखि अस्पताल परिसर, कलेज परिसरमा भेला तथा कोणसभा गर्ने कार्यक्रम राखिएको छ ।

लर्ड बुद्ध एजुकेसनल एकेडेमीद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुले पहिलो चरणको आन्दोलन पूरा गर्दा माग पूरा नभएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरूले गत असार ४ गते कर्मचारीको तलब, सेवा, सुविधा तथा अस्पतालको संस्थागत सुधारका लागि अस्पताल प्रशासनसमक्ष विभिन्न सातबुँदे मागपत्र राखेका थिए । सो मागपत्रका सम्बन्धमा अस्पताल व्यवस्थापन र कर्मचारीकाबिच पटकपटक वार्ता हुँदासमेत अस्पतालको व्यवस्थापन पक्ष कर्मचारीका माग पूरा गर्ने कुरामा सराकात्मक नदेखिएकोले मङ्सिर २६ गतेदेखि पहिलो चरणको आन्दोलन शुरु गरिएको थियो ।

पहिलो चरणको आन्दोलनअन्तर्गत कर्मचारीले मङ्सिर २६ देखि २९ गतेसम्म हातमा कालोपट्टी बाँधेर काम गरेका थिए । सोही दिन साँझ नेपालगन्ज, कोहलपुर र चिसापानीमा कर्मचारीले कोण सभा गरेका थिए । ३० गते कालोपट्टीलाई निरन्तरता दिँदै अस्पताल प्रशासन, लेखा र एकेडेमी कार्यालयमा तालाबन्दी गरेका थिए । वार्ता र सहमतिको ढोकालाई खुला राख्दै कर्मचारीहरूले आन्दोलनका क्रममा कुनै क्षति वा समस्या भए त्यसको जिम्मेवारी अस्पताल व्यवस्थापनले नै लिनुपर्ने जनाएका छन् ।

कर्मचारीहरु आन्दोलनमा उत्रिएपनि नेपालगन्ज मेडिकल कलेज प्रशासनले भने संस्था घाटामा चहिरहेकाले अहिले नै तलब वृद्धि गर्ने कर्मचारीका माग पूरा गर्न सकिने अवस्था नरहेको जनाएको छ । अस्पताल प्रशानका तर्फबाट वार्ता टोलीका संयोजक श्यामकुमार शर्माले संस्था घाटामा चहिरहेकाले अहिले नै तलब वृद्धि गर्ने कर्मचारीका माग पूरा गर्न सकिने अवस्था नरहेको बताए ।

नेपाल सरकार स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यही मङ्सिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारसरह नघट्ने गरी लागू गर्नुपर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयको पूर्ण पालना गरिनुपर्ने मेडिकल कलेजका कर्मचारीहरूको माग छ । हाल नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करार गरेर करिब ११ सय कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ८ : ५६ बजे

एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने

भक्तपुर । यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात्

बढ्यो अपराध : दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ

काठमाडौं । नेपाल प्रहरीको तथ्याङ्कले आपराधिक घटना न्यूनीकरण हुन नसकेको

रोजगार बचतपत्र किन्न आएनन् लगानीकर्ता

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको नागरिक बचतपत्र

नेपालगन्ज मेडिकल कलेजबाट सरकारको निर्णय अवज्ञा, कर्मचारीहरु आन्दोलनमा

नेपालगन्ज । नेपाल सरकारले तोके अनुसारको सेवा सुबिधाको माग गर्दै

‘भ्वाइस अफ बुटवल’को अडिसन राउण्ड सम्पन्न, बिहिबार सिन्धुली कलाघरको विशेष प्रस्तुती रहने

बुटवल । बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला बुटवल