३ पुस २०८१, बुधबार | December 18, 2024

आप्रवासी श्रमिकको मानव अधिकार संरक्षणमा जोड



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी श्रमिकको अधिकार संरक्षणमा पर्याप्त लगानी गर्न आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै आयोगले नीतिगत व्यवस्था गरी आप्रवासनका समसामयिक समस्याको न्यायोचित सम्बोधन गर्न आग्रह गरेको हो ।

“आप्रवासनलाई सुरक्षित, मर्यादित र नियमित बनाउनेतर्फ परिणाम देखिने गरी पहल कदमी लिन, घरेलु श्रमिक महिलाको अधिकारको संरक्षण गर्न सरकार र सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुमा आयोग आग्रह गर्दछ”, आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “आप्रवासी श्रमिकको अधिकार संरक्षणमा अर्थपूर्ण योगदान र सहभागिताका लागि सम्पूर्ण सरोकारवालालाई आयोग अनुरोध गर्दछ ।”

आयोगले देशको आर्थिक तथा सामाजिक स्तरोन्नतिमा आप्रवासी श्रमिकहरुको योगदान भएपनि आप्रवासन व्यवस्थापनमा श्रमिकका परिवारले अनुभूत गर्ने गरी अपेक्षाकृत उपलब्धि हुन नसकेको जनाएको छ ।

‘सुरक्षित आप्रवासनको आधार, सूचना र सीप सहितको रोजगार’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो । आयोगले आप्रवासी नेपाली श्रमिकको मानव अधिकार संरक्षणका लागि विगत लामो समयदेखि अनुगमन, अध्ययन, अनुसन्धान, उजुरी ग्रहण, गन्तव्य मुलुकहरुका राष्ट्रिय मानव अधिकार संस्थाहरुसँग द्विपक्षीय सम्झौता गरी उजुरी प्रेषण गर्दै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ५ : ४७ बजे

‘भ्वाइस अफ बुटवल’को अडिसन राउण्ड सम्पन्न, बिहिबार सिन्धुली कलाघरको विशेष प्रस्तुती रहने

बुटवल । बुटवलमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला बुटवल

बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पतालको

निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने

काठमाडौं । प्रतिनिधिसभाका सदस्यले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने

चौँथो कालिका कप जारी, बुधबार विविध प्रतियोगिता सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १० मा रहेको कालिका

‘राज्य सूसुचित हुन सामाजिक सूचना व्यवस्थापन प्रणाली कार्यान्वयमा आउनुपर्ने’

नेपालगन्ज । समाजमा घट्ने घटनाहरुको वास्तविक तथ्याङ्क संकलनका लागि स्थानीयतहले