२३ चैत्र २०८१, शनिबार | April 5, 2025

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनुवाई सुनिलकुमार पोखरेलको इजलासमा



काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दाको पेसी न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको छ। जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै म्याद थप गरेपछि प्रसाईँका छोरा नीराजन प्रसाईँले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनको पेसी आजका लागि तोकिएको हो।

उनी विरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधको मुद्दा दायर भएको थियो । उक्त मुद्दामा अदालतले उनलाई धरौटीमा छोडे पनि प्रहरीले दुःख दिने मनसाय राखेर पक्राउ गरेको र म्याद थप गराएको दाबी गर्दै सर्वोच्चमा निवेदन दर्ता गरिएको हो ।

निवेदनमा प्रसाईँ क्यान्सर जस्तो गम्भीर रोगको बिरामी भएको तर राज्यले दुःख दिने नियतले एकपछि अर्को आरोप लगाउने गरेकाले २४ घण्टाभित्र अदालत झिकाएर साधारण तारेखमा रिहा गर्न आदेशमा माग गरिएको छ।

प्रसाईँका तर्फबाट यसअघि पनि बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमा सुरुमा २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउने आदेश भएको थियो भने पछि खारेज गर्ने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ११ : ४६ बजे

चैतेदसैँमा बागलुङ कालिकामा भक्तजनको भिड

बागलुङ । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदसैँ । बागलुङ

चैतेदसैँ : देशभरका शक्तिपीठमा भक्तजनको बिहानैदेखि भीड

काठमाडौं । चैतेदसैँ पर्वका अवसरमा आज बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको

वन वाटिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै खिमलाल पाण्डे निर्वाचित

बुटवल । रुपन्देहीको शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्र (वन

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र

बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैतडी । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको