११ पुस २०८१, बिहिबार | December 26, 2024

स्व.शेरबहादुर सेन्चुरी टी-२० क्रिकेटको उपाधि न्यु होराइजनलाई



भैरहवा । ११ औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी-२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’को उपाधि न्यु होराइजन माविले जितेको छ । मंगलबार भएको फाइनल खेलमा देबदह बुद्ध माविलाई ५ विकेटले पराजित गर्दै होराइजनले उपाधि हात पारेको हो । जितसँगै होराइजने ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेतामा चित्त बुझाएको देवदह बुद्धले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको फाइनल खेलमा जितका लागि पाएको ७१ रनको लक्ष्य न्यु होराइजनले १९ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा ७६ रन बनाउँदै पुरा गर्दै उपाधि रक्षा गर्यो । उसको जितमा समीरजंग सिंह ठकुरीले अविजित २० र अनिश भट्टराईले १९ रनको योगदान गरे । बलिङमा देवदह बुद्धका कृष केसीले २ तथा रोहन कुँवर र आयुष विकले १-१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको देवदह बुद्धले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ७० रनको सामान्य योगफल बनाएको थियो । उसलाई सस्तैमा रोक्न बलिङमा न्यु होराइजनका निरज घिमिरे र राहुल नाउले ३-३ तथा अनिश भट्टराई, सुप्रिम कँडेल र प्रिन्स पालले १-१ विकेट लिए । देवदह बुद्धका दिक्सन थापाले १६, आयुश पाण्डेले १५ र अध्ययन न्यौपानेले ११ रन बनाए पनि अन्य ब्याटर नचल्दा टिमले हार व्यहोर्यो । होराइजनका निरज घिमिरे म्यान अफ द फाइनल भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा न्यु होराइजनका प्रिन्स पाल म्यान अफ द सिरिज भई १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै, होराइजनकै राहुल नाउ बेष्ट ब्याटर र सुप्रिम कँडेल बेष्ट बलर भए । उनीहरुले जनही ५ हजार रुपैयाँ पाए । प्रतियोगितामा कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूल बेष्ट अनुशासित टिम घोषित भयो ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा सम्पन्न प्रतियोगिताका विजेता टिमलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा, संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी क्षेत्री, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, संघका पूर्वअध्यक्षहरु प्रशान्तविक्रम मल्ल र प्रेमकुमार सेन्चुरी, प्याब्सन केन्द्रिय उपाध्यक्ष विष्णु पन्थी, मुख्य प्रयोजकक विमल सेन्चुरी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए ।

 

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ६ : ५७ बजे

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ

उत्कृष्ट लय, अत्यधिक गोल

अब त धेरैलाई लाग्न थालेको छ, यो सिजन लिभरपुलमा मोहमद

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल

पलायन हुँदै ‘अटोमोबाइल’ व्यवसायी

गण्डकी । आर्थिकलगायत विविध कारणले अटोमोबाइल व्यवसायी पलायन हुन थालेका

लिम्बू कला-संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता

इलाम । जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति