४ पुस २०८१, बिहिबार | December 19, 2024

रवि लामिछानेसहितका आरोपितहरुलाई अदालत लगियो, म्याद थपको अनुमति माग्ने प्रहरीको तयारी



पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराइएको छ ।अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहरीले आज लामिछानेसहितका सोही मुद्दामा हिरासतमा रहेकाहरुलाई अदालत उपस्थित गराएको हो ।

गोर्खा मिडियाको पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएको हो ।

ष्त सोमबार मात्र प्रहरीले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयमा अनुसनधान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान थालेको ८४ दिनपछि तयार पारिएको सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि प्रहरीले अझै केही दिन म्याद थपेर उनीहरुलाई हिरासतमै राख्ने गरि अदालतसँग अनुमति माग्ने तयारी गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रहरीको प्रतिवेदन अध्ययन गरेर अभियोजन तयार गरिरहेकाले अझै केही दिन म्याद थप्न अनुमति माग्ने प्रहरीको तयारी छ । त्यही प्रयोजनका लागि आज बिहान लामिछाने सहितलाई अदालत उपस्थित गराइएको हो ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  १० : ५८ बजे

हुण्डी कारोबारमा काठमाडौं प्रहरीको आक्रामक कारबाही

काठमाडौं । काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ।

भेरी नदीमा खसेकी सम्झनाको सशस्त्रले गर्‍यो उद्धार

सुर्खेत। पुलबाट भेरी नदीमा खसेकी गुर्भाकोट नगरपालिका–१३ की १६ वर्षीया

‘सरुवा र बढुवामा हुने मनपरि रोक्ने ऐन बनाऔँ’

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरुले निजामती कर्मचारीको मनपरि रुपमा हुने सरुवा

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाडो टुङ्ग्याउन सुझाव

काठमाडौं । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिस्कृत गरेर अगाडि

दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला

झापा । दमकमा दुई जना युवतीसँग होटलमा बास बसेका युवा