२९ मंसिर २०८२, सोमबार | December 16, 2025

‘जडिबुटी खाएका पशुको मासुको माग विदेशमा बढ्दै’



काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताएका छन् ।

चीनमा राँगा एवं भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताए । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उनको जोड थियो ।

“चिनियाँले राँगाको मासुको विभिन्न परिकार मन पराउने भएकाले नेपालबाट निर्यात गरी थप रोजगारी सृजना गर्नुपर्छ, नेपाली किसानलाई राँगा, भैँसीपालन गर्न यसबाट थप हौसला बढेको छ, पशुजन्य उत्पादन लक्षित गरी करका बारेमा थप अध्ययन गरिनेछ,” मन्त्री अधिकारीले भने ।

प्रविधिमैत्री भएको नयाँ पुस्तालाई पनि यस्ता काममा अघि बढाइने प्रतिबद्धता उनको थियो । स्वदेशमै रोजगार सृजना गर्न पशुपन्छीपालन महत्त्वपूर्ण माध्यम बन्न सक्ने मन्त्री अधिकारीले बताए ।

हिमालयन फूड इन्टरनेशनल प्रालि नेपाल र साङ्घाइ जि याङ फूड कर्पोरेसन चीनबीच राँगाको मासु निर्यात गर्ने विषयमा आज सम्भौता भएको हो । सुरक्षितरुपमा राँगाको मासु नेपालले चीनलाई उपलब्ध गराउने विषय सम्झौता पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : ०५ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको