१ पुस २०८१, सोमबार | December 16, 2024

पोखरालाई पाँच रनले हराउँदै सुदूरपश्चिम प्लेअफमा



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई पाँच रनले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सुदूरपश्चिमले दिएकोे एक सय ५४ रन लक्ष्य पछ्याएको पोखराले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ४८ रनमा समेटियो ।

पोखराका लागि एन्ड्रिज गौसले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा दुई छक्का र चार चौकाको मद्दतले ३६ रन बनाएका हुन् । त्यस्तै, रेमन रेफरले ३३, किरण ठगुन्नाले ३२, दिनेश खरेलले १५ र जेन मलिकले १० रन बनाए ।

पोखराका लागि माइकल लिस्कले पाँच, सागर ढकाल र दिलीप नाथले समान एक÷एक रन जोडे । यो खेलमा पोखराले अतिरिक्त १५ रन पाएको छ ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्गेलिजनले सर्वाधिक पाँच विकेट लिए । हरमित सिंहले तीन र सैफ जैबले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो । योसँगै सुदूरपश्चिम रोयल्स एनपिएलको ‘प्लेअफ’ चरणमा प्रवेश गरेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  ४ : ५५ बजे

दिगो आर्थिक विकास र प्रकोप न्यूनीकरणका लागि चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र संयुक्त राष्ट्रसङ्घीय विकास

दुई हुलाक टिकटमा टाँचा प्रदान

काठमाडौं । हुलाक सेवा विभागले दुई नयाँ टिकट प्रचलनमा ल्याएको

अर्थमन्त्री पौडेल थाइल्याण्ड प्रस्थान

काठमाडौंँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड प्रस्थान गरेका

कांग्रेसद्वारा पिएल सिंहको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले

बुटवलको मेलामा दर्शक हंसाउँदै आयोजक

बुटवल । बुटवलमा हुने औधोगिक व्यापार मेला बुटवल-२०८१ मा यो