२७ मंसिर २०८१, बिहिबार | December 12, 2024

विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई जितको लागि एक सय ४० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ३९ रनको योगफल बनाएको हो । विराटनगरका लागि स्कट एडवार्डसले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बलमा ५ चौका प्रहार गरेका थिए । त्यसैगरी लोकेस बमले २६ रन बनाउँदा बासिर अहमदले २१ रन जोडे । निकोलस किर्तनले १९ रन, क्रिस सोलले ७ तथा मार्टिन गप्टिल ५ रन बनाए ।

पोखराका लागि सागर ढकाल र राइमन रिफरले समान दुई दुई विकेट लिए भने कप्तान कुशल भुर्तेल र दिनेश खरेलले समान एक एक विकेट झारे । पोखरा अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहिबार  ११ : ४६ बजे

सुपरओभरमा विराटनगरलाई हराउँदै पोखरा विजयी

काठमाडौं । नेपाल प्रिमयर लिगमा विराटनगरलाई सुपरओभरमा हराउँदै पोखरा एभेन्जर्स

बाढीले क्षतिग्रस्त कमलादीस्थित टुकुचा कलभर्ट पुनःनिर्माण

काठमाडौं । काठमाडौंको कमलादीस्थित इच्छुमती (टुकुचा) खोलामा क्षतिग्रस्त बनेको ‘कलभर्ट’

टुकुचा कोरिडोर खुलाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौंको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा)को

अर्थतन्त्र लयमा फर्कँदै छ, यही कार्यकालमा देशले समृद्धितर्फ फड्को मार्नेछ : अर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधानमन्त्री एवं अर्थमन्त्री

विराटनगरले पोखरालाई एक सय ४० रनको लक्ष्य दियो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा विराटनगर किंग्सले