३ माघ २०८१, बिहिबार | January 16, 2025

रुकुम पूर्व पुथाउत्तरगंगाको समस्या मुख्यमन्त्रीलाई सुनाउदै किशोरीहरु



दाङ । रुकुम पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका किशोरीहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटगर्दै समुदायका समस्या सुनाएका छन् । सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्दै किशोरीहले गाउँ समाजमा आफुहरुले भोगिरहेका समस्या मुख्यमन्त्री आचार्यलाई सुनाएका हुन । उनिहरुले उज्ज्वल भविस्य र बलियो अभियान सञ्चालनको लागि १७ बुदे माग पत्र मुख्यमन्त्री आचार्यलाई पेश गरेका छन् ।

मुख्मन्त्री आचार्यले किशोरीहरुले राखेका समस्यालाई प्रदेश सरकारले सम्वोधन गर्ने प्रतिबद्धता जनाए । किशोरीहरुले थालेको अभियानमा प्रदेश सरकारले साथ दिने बताउदै उनले किशोर किशोरीहरुको स्वास्थ्य, शिक्षा लगायत मनोसामाजिक क्षेत्रमा सहयोग पु¥याउनेगरी कार्यक्रम बनाएको जानकारी दिए । समुदाय केन्द्रित जनजागरण अभियानहरुलाई तिब्रता दिन, त्यस अभियानहरुमा किशोरकिशोरीको सहभागिता सुनिश्चित गरिने पनि बताए । ‘तपाईहरुले उठाएका मागहरु प्रदेश सरकारले सुन्छ । बालविवाह मुक्त प्रदेश बनाउने अभियानमा यहाँहरुको साथ सहयोग चाहिन्छ’, उनले भने, ‘बनेका नीति, नियम तथा कानुनहरुको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ ।’

बालविवाहको समस्या समाधान गर्न जनजागरणको अभियानलाई तिब्र पार्नुपर्ने उनले बताए । नीतिगत रुपमा प्रदेश सरकारले सम्वोधन गरेको र छुटेका बिषयलाई आगामी दिनमा सम्वोधन गरिने पनि मुख्यमन्त्रीले बताए । पुथाउत्तरगंगामा विकास र समृद्धि पु¥याउन प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए । ‘त्यस क्षेत्रको विकास नगरेसम्म समग्र लुम्बिनी प्रदेशको विकास हुन सक्दैन भन्ने कुरामा प्रदेश सरकार जानकार छ’, उनले भने, –‘पुथाउत्तरगंगा देखी मर्चवारसम्मलाई माथि उठाउन सक्यौं भने प्रदेशको समग्र विकास भएको मानिने छ । यस दिशामा सरकार अघि बढेको छ ।’

मुख्यमन्त्री आचार्यले भूगोलबाट पछाडी परेको, जनचेतनाको अभावले पनि पछाडी परेका क्षेत्रको पहिचान गरेर प्रदेश सरकारले काम गर्ने जानकारी दिए ।

समुदायमा अझैं पनि जातीय छुवाछुत, दाईजो प्रथा, बोक्सीको आरोप लगाउने, छोट्टी बस्ने, बहुविवाह गर्ने जस्ता समाजिक र सांस्कृति परम्पराको नाममा हुने हिंसा अन्त्यकालागि प्रदेश सरकारले भूमिका बढाउनुपर्ने किशोरीहरुले माग राखेका छन् । पुथाउत्तरगंगका बालबालिका र विशेष गरी युवाहरुमा लागू औषधको प्रयोग र मदिरा सेवन बढिरहेको भन्दै यसले घरेलु हिंसा, यौन दुव्र्यवहार र छोट्टी बस्ने जस्ता समाजीक अपराधहरु पनि बढाउने भएकाले समस्या समाधानकालागि बृहत जनचेतनामुलक अभियान चलाउन उनीहरुको माग छ ।

किशोरीहरुले स्वास्थ्य चौकीको स्थापना र सहज उपचारसेवा देखि खेलक्षेत्रको विकासका लागि खेलकुद मैदान, खेलसामाग्रीको व्यवस्था गर्न माग राखेका छन् । घर र विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नुपर्ने, बालबालिका र जेष्ठ नागरिकहरुलाई समाजीक सुरक्षा भत्ताको व्यवस्थाभएता पनि त्यो भत्ता समयमा आइनपुग्ने, महिला, बालबालिका, एकल महिला, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनीक तथा लैङ्गिक अल्पसख्यक र अतिविपन्नलाई सहज तरिकाले मासिक भत्तालिने व्यवस्था मिलाउनुपर्ने माग राखिएको छ । मुख्यमन्त्रीलाई समस्या सुनाउन किशोरी सञ्जालमा आवद्ध स्मृती सेन, प्रतिमा पुन, आरती घर्ती, समृद्धी बुढा, सुप्रिया घर्तीलगायतका किशोरीहरु दाङ आएका थिए ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ११ : ३९ बजे

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई

सैफ अली खानको ढाडबाट निकालियो २ इन्चको चक्कुको टुक्रा

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि मुम्बईस्थित उनको घरमा

सातै प्रदेशमा पुग्यो एचपिभी खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको

मन्त्रीहरूलाई कांग्रेसको निर्देशन – सातामा २ दिन पार्टी कार्यालय पुग्नु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारमा रहेका

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल