२७ मंसिर २०८१, बिहिबार | December 12, 2024

‘एडीबीको सहयोग निरन्तर हुनेमा आशावादी’



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएको एसियाली विकास बैंक (एडीबी)ले आगामी दिनमा निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

फोटो पत्रकार क्लब (पीजे क्लब)ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख बताए ।

हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय, कलेज तथा आमसर्वसाधारणले अवलोकन गरेका थिए ।

नेपालको ऊर्जा क्षेत्रको विकासमा (एसियाली विकास बैंक) एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरेको हो ।

अवलोकनपछि पत्रकारहरुसँग हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भूमिका छ भन्ने देखाएको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादक संघका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडीबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गरे । प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८१, सोमबार  ७ : ३४ बजे

परराष्ट्रमन्त्री देउवासँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर

कालीगण्डकी करिडोर : नवलपुरको पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो

नवलपुर । गण्डकी प्रदेशलाई उत्तरबाट दक्षिण जोड्ने प्रमुख राजमार्गको रूपमा

त्रिविमा मेरिटोक्रेसीका नाममा ‘ड्रामा’ नचलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २७ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयासको खाँचो आवश्यक : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर