८ पुस २०८१, सोमबार | December 23, 2024

उपसभामुख राना र पूर्व सभामुख घर्तीले एकै ठाउँमा बहस गर्ने



बुटवल । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि जारी प्रथम मगर साहित्य महोत्सव आज शनिबार पनि जारी रहेको छ । बुटवलको जितगढी किल्लामा जारी महोत्सव अन्तरगत शनिबार प्रतिनिधिसभाका उप सभामुख इन्दिरा राना, पूर्व सभामुख आोनसरी घर्ती तथा चर्चित नायिक मिरुना मगर लगायतका प्यानलिष्टहरुले बहस गर्ने कार्यक्रम रहेको छ ।

उपसभामुख इन्दिरा रानाले प्रेरणा सेवा सम्वाद अन्तरगत उत्थान अभियानदेखि उपसभामुखसम्म आफ्ना यात्राहरु बारेका अनुभवा सुनाउने छिन् भने पूर्व सभामुख ओनसरी घर्ती मगरले महिला, राजनीति र नेतृत्व बारे बहस गर्ने कार्यक्रम रहेको महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । पूर्व सभामखु घर्तीले अध्यक्षता गर्ने प्यानल बहसमा नेपाल मगर संघकी सहअध्यक्ष गंगा खासु, डा। वर्षा थापा मगर, अध्यता गंगा पुन मगर र बगनाशकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले महिला महिला नेतृत्व बारे बस गर्ने छन् । उक्त बहसको सहजिकरण पत्रकार दिपा आले मगरले गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवमा मगर संघको नेतृत्व बारे पनि बहस हुने व्यवस्थापन समिति संयोजक केशरी तरामुले जानकारी दिइन् । नेपाल मगर संघका संस्थापक सुरेश आले मगर, मगर संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर, नेपाल मगर महिला संघ केन्द्रीय अध्यक्ष हिरुसरा राना मगर र अध्येता संजोग लाफा मगरलाई एकै ठाउँमा राखेर मगरको इतिहास, वर्तमान र भविष्यका बारेमा छलफल हुने महोत्सव व्यवस्थापन संयोजक तरामुले जानकारी दिइन् ।

चर्चित नायिका मिरुना मगरसहित कला निर्देशक तथा अनुसन्धानकर्ता सुजना श्रीस, चलचित्र निर्देशक तथा लेखक अशोक थापा र चलचित्र निर्देशक अनिल बुढा मगरले कलाले देश चिन्दै र चिनाउँदै भन्ने शिर्षकमा बहस गर्ने कार्यक्रम रहेको महोत्सव प्रचार समिति संयोजक यम रानाले जानकारी दिए । महोत्सवमा साहित्य, धर्म र सँस्कृति, मगर पनुःजागणको युग लगायतका विषयमा समेत प्यानल बहस रहने रानाले जानकारी दिए ।

मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी ‘आफ्नो कथा आफै लेखौं’ भन्ने मूल नाराकासाथ महोत्सव आयोजना गरिएको नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष तथा मूलक आयोजक समिति संयोजक निर्मला थापाले जानकारी दिइन् । महोत्सवमा गोरेबहादुर खपाङ्गी मगर सामाजिक योगदान पुरस्कार तथा आदिकवि जितबहादुर सिंजाली र रेख बहादुर सारु मगर साहित्य पुरस्कार स्थापना गरिने समेत उनले जानकारी दिइन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ८ : ०७ बजे

बुटवलको औद्योगिक व्यापार मेलामा भाँगोको तेलमा दर्शकको आकर्षण

बुटवल । बुटवल मण्डपमा सञ्चालित औद्योगिक व्यापार मेलामा भाँगोको तेल

रवि लामिछानेको सांसद पद निलम्बन, हिरासत भित्रको फोटो सार्वजनिक गर्ने निकोलस रिहा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

काठमाडौं । सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका

परराष्ट्र मन्त्रालयबाट थाइल्याण्ड र म्यानमार यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौँ । नेपाल सरकारले म्यान्मार, थाइल्याण्ड, कम्बोडिया, लाओसलगायतका मुलुकमा जान

जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धि चारदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपालगन्ज । बर्दियाको मधुवन नगरपालिकामा जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन